प्रगतिशील लेखक संघ प्युठानको अध्यक्षमा पुन

सीता बि.क
प्युठान,प्रगतिशील लेखक संघ नेपाल जिल्ला शाखा प्युठानको पाचौं  जिल्ला अधिबेशनले लिला पुन अध्यक्ष रहेको ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा अग्निधर चन्द बोहरा,सचिब ध्रुव  गिरी,कोषअध्यक्ष  बिमला खनाल,सहसचिब नवराज आचार्य,सदस्यहरुमा कल्पना खड्का,जगतप्रसाद पोख्रेल,शान्ता गिरी,नारायण पाण्डे ,रामप्रसाद पोख्रेल र गोपाल थापा रहनुभएको छ ।प्रगतिशिल लेखक संघलाई माक्र्सवादी साहित्य र क्रान्तिकारी बिचार सहित प्रगतिवादी धारमा कलम चलाउने स्रष्टाहरुको संगठनको रुपमा चिन्ने गरिन्छ ।
अध्यक्ष लिला पुनको अध्यक्षता,उपाध्यक्ष अग्निधर चन्द बोहराको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन सचिब ध्रुव गिरीले गर्नुभएको थियो भने अग्रज साहित्यकार भेषमान गिरी,प्रलेस सल्लाहकार देबेन्द्रकुमार रिजाल, गेहराज थापा , प्रलेश प्रदेश सचिब रामप्रसाद पोख्रेलले शुभकामना मन्तव्य राख्नुभएको थियो।