दुर्गमका विद्यार्थीलाई ५३ हजार बराबरको छात्रवृत्ति

राम बहादुर बिश्वकर्मा

प्युठान,प्युठानको दुर्गम क्षेत्रको विद्यालयमा अध्ययन गर्ने ७ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् ।
जिल्लाका उत्तरी क्षेत्रमा रहेको बाल जीवन सुधार आधारभुत बिध्यालय खलाचौर पुजामा अध्ययनरत बालबालिकाले प्रति विद्यार्थी झन्डै ७ हजार ७ सय रुपैयाँ बराबरको छात्रवृत्तिबापत नगद  प्राप्त गरेका हुन्।प्रोफेसर साइमन ब्रुक्स उत्कृष्टता छात्रवृत्ति कार्यक्रम अन्तर्गत गौमुखी गाउपालिका पुजा जन्म घर भई  हाल बेलायत बसोबास  गर्दै आउनु भएका डाक्टर प्रोफेसर गौतम न्यौपाने ले आफ्नो जन्मभुमी लाई माया गरी उक्त रकम पठाउनुभएको हो।
गौमुखी दलित उथान समाज प्युठान  बिजुवारको संयोजनमा ५३ हजार ९ सय रुपैयाँ प्रदान गरिएको उक्त सस्थाका अध्यक्ष प्रबिण बि.क ले जानकारी दिनुभयो। 
पछाडि परेका समुदाय, गरिब,जेहेन्दार, दलित, आमा बुबा गुमाएका बालबालिकालाई छानेर विद्यालयको सिफारिसमा छात्रवृत्ति प्रदान गरिएको बि क ले बताउनुभयो।
छात्रवृत्ति प्राप्त गरेपछि विद्यार्थी नियमित विद्यालय जाने र पढाइमा ध्याने दिने बानीको विकास हुने विश्वास गरेका छौँ, बि. क ले भन्नुभयो।बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष निमानन्द न्यौपानेको अध्यक्षता,गौमुखी गाप उपाध्यक्ष तुलासा सुनारको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा नम्बर ४ अध्यक्ष तुक बहादुर के सि लगायतको उपस्तिथि रहेको कार्यक्रमको सन्चालन दिपक मल्लल ले गर्नुभएको थियो।