सीता बि.क
प्युठान,प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कुमार कक्षपतिले उद्यमशिलता विकासका लागी स्रोत संगै सोचको खाँचो रहेकाे औल्याउनुभएको छ।
सोमबार गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा)अन्तर्गत बिजुवारमा प्युठान नगरपालिकाको आयोजनामा तालिमको माध्यमबाट बेरोजगारलाई उद्यमशील र स्वरोजगार बन्न उत्प्रेरीत गर्ने उदेश्यले सन्चालन गरिएको तालिम समापन कार्यक्रममा उक्त कुरा बताउनुभएको हो।
यसै क्रममा, उद्यमशिलता तालिम पश्चात् आफुले नै छनोट गरेको सीप बिकास तालिममा समाबेश हुने सहभागीलाई उहाँले सक्रियताका साथ सीप सिक्न आग्रह गर्दै कुनै पनि कामको सुरुवात सहज नहुने,त्यसको निमित्त कडा परिश्रम,अठोट र निरंतरता दिनुपर्ने किनभने उद्यमी यात्रा बिना चुनौती सम्भव नरहेको बताई सरकारले मात्र गरोस् भन्ने सोचलाई थाती राखी आफैले अग्रसर हुनुपर्ने र जबसम्म निष्ठावान व्यावसायिक समाजको निर्माण हुदैन तब सम्म सरकार संगको कम अपेक्षित हुनु फाइदाजनक हुन्छ भनि जोड दिनु भयो।
कार्यक्रममा सहजीकरण गर्दै प्युठान नगरपालिकाका उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले व्यवसाय छान्दा अरुको हेरेर होइन ग्राहकको आवश्यकता र चाहना, स्थान को पक्षमा ध्यान जस्ता पक्षलाई ध्यान दिएर उद्यम सँग जोडिनुपर्ने बताउनुभयो।
उद्यमशिलता विकास गर्नका लागी उद्यमी सोच,ईच्छा शक्ति,शुरुवाति पूँजि,भौतिक संरचना,उद्यमको लागी प्रविधि,उद्यमि क्षमता विकास,उद्यमशिलताका लागि आर्थिक सहयोग र उद्यमि वातावरण निर्माणबाट उद्यमशिलता विकास गर्न सकिने बिश्वकर्माले बताउनुभयो।
लघु उद्यमि महासंघका केन्द्रिय महासचिव धनी दमाईले बजार छिटो पाइने वस्तु उत्पादन र उत्पादित वस्तुको सदुपयोग हुन सकेमा मात्र आयआर्जनको बाटो खुल्न सक्ने भएकाले सोही अनुरु सीप बिकास तालिममा सहभागी हुन आग्रह गर्नुभयो ।
त्यस्तै गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा)का सम्पर्क ब्यक्ति लेख बहादुर बिष्ट ले उत्साहका साथ सीप बिकास तालीममा सहभागी हुन आग्रह गर्दै स्वरोजगारी बन्ने सपना बोकेर तालिममा आउनु भएका प्रारम्भिक उद्यमिलाई कुनै समस्या भए नगरपालिका साथमा रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्