कांग्रेसमा नयाँ भिजन र सोचको युवा नेतृत्व आवश्यक छ:नेता पुन

रुपन्देही,नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन ले नेपाली कांग्रेस कांग्रेसमा नयाँ भिजन र सोचको युवा नेतृत्व आवश्यक रहेको बताउनु भएको छ । नेपाली कांग्रेस देवदह नगर समिति रुपन्देही द्वारा आयोजित भेटघाट कार्यक्रममा सभापति पुनले अब विगतको तरिकाले पार्टी चल्ने नसक्ने भएकाले परिवर्तनको खाचो रहेको बताउनु भएको हो । 
पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य समेत रहनु भएका पुनले कांग्रेसलाई जनमुखी र समय अनुकूल बनाउन पार्टीका नेता तथा कार्यकर्ताको आचरण पनि परिवर्तन गर्नुपर्ने समय आएको बताउनु भयो । उहाँले संविधान अनुसार १४औं महाधिवेशनबाट प्रदेश समितीहरू निर्माण भइ सकेको बताउदै प्रदेश समितिलाई प्रभावकारी र बलियो बनाउनु पर्ने धारणा राख्नु भएको छ । महाधिवेशन ताका भएका सम्पूर्ण तिक्तताको अन्त्य गर्दै एकताका साथ अगाडि बढ्न पनि उहाँले सबैलाई अपिल गर्नु भएको छ । भेटघाट कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका सदस्य प्रकाश राना, नेपाली कांग्रेस नेता युवराज गिरी लगायतका नेता तथा शुभेच्छुकहरूको उपस्थित रहेको थियो ।