अब करारका कर्मचारीको कासमु हुने,८० भन्दा कम अंक ल्याए सम्झौता नविकरण नहुने (मापदण्डसहित)  

अब करारका कर्मचारीको कासमु हुने,८० भन्दा कम अंक ल्याए सम्झौता नविकरण नहुने (मापदण्डसहित)  

काठमाडौ,अब करारका कर्मचारीले पुर्ननियुक्ति हुँदा मूल्यांकनमा कम्तिमा ८० प्रतिशत अंक ल्याउनु पर्ने भएको छ । स्थायी कर्मचारीहरुको बर्षेनी कार्यसम्पादन मुल्यांकन हुने तर करारका कर्मचारीहरु एक पटक सरकारी सेवामा प्रवेश गरेपछि हटाउनै नसकिने स्थिती भएपछि सरकारले करार सेवाका कर्मचारीहरुलाई काम र संस्थाप्रति जिम्मेवार बनाउनका लागि भन्दै म्याद थपका लागि कम्तिमा ८० प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था बनाएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै गत १४ कार्तिकमा तयार पारेको सो मापदण्ड मन्त्रालय,आयोग,सचिवालय,सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ७५३ वटै स्थानीय तहलाई करार परिपत्र गरेको छ ।
करार सेवामा कार्यरत कर्मचारीहरुको कार्यसम्पादन स्तर मुल्यांकन तथा नयाँ अवधिका लागि करार सम्झौता सम्बन्धि मापदण्ड नामाकरण गरिएको छ ।
जसमा ५ वटा परिच्छेद र १८ वटा बुँदा छ । जसअनुसार,एक सय अंकभार निर्धारण गरिएको छ ।बिषयबस्तुको ज्ञान तथा सीप २० अंकभार,अनुशासन,आचरण,शिष्टाचारलाई २० अंकभार,समयपालना र नियमिततालाई २० अंकभार,सरोकारवालाप्रतिका व्यवहार २० अंक र कामप्रतिको लगाव र नतिजाका लागि २० अंक छुट्टाइएको छ । सोही आधारमा करारका कर्मचारीहरुको मूल्यांकन गरिने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
यस्तै मूल्यांकन गर्दा सुपरिवेक्षकले अधिकतम ४० अंक,पुनरावलोकनकर्ताले अधिकतम ३० अंक र पुनरावलोकन समितिले ३० अंक दिन सक्नेछ ।

करारका कर्मचारीहरुले पुस ७ गतेभित्र प्रथम पाँच महिनाको र असार सात गतेभित्र बाँकी अवधिको मूल्यांकन फाराम भरी सुपरीवेक्षकसमक्ष पेश गर्नुपर्नेछ ।
करारका कर्मचारीहरुले सुपरीवेक्षक समक्ष पेश गरेको कार्यसम्पादन मुल्यांकन सम्बन्धित सुपरीवेक्षकले तीन दिनभित्र मुल्यांकन तथा पुनरावलोकन समितिमार्फत पेश गर्ने र सो समितिले साता दिनभित्र सबै कार्यसम्पादन मुल्यांकन गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।
यस्तै कार्यसम्पादन मुल्यांकनमा ७५ प्रतिशतभन्दा कम र ९५ प्रतिशतभन्दा बढी अंक प्रदान गर्नुपर्दा कारण खुलाउनुपर्नेछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिले मुलुकभर ३० हजारभन्दा बढी करारका कर्मचारी कार्यरत छन्