स्थानीय श्रम र सीप नै नगरपालिकाको विकासको आधार हो : नगर प्रमुख कक्षपती 

स्थानीय श्रम र सीप नै नगरपालिकाको विकासको आधार हो : नगर प्रमुख कक्षपती 

राम बहादुर बिश्वकर्मा
प्युठान,स्थानीय श्रम र सीप नै नगरपालिकाको विकासको आधार हुने प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो।
गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत प्युठान नगरपालिकाको आयोजनामा मरन्ठानामा सन्चालन गरिएको ४५ दिने ब्याग उत्पादन सम्बन्धि सिपमुलक तालिमको समापनको अबसरमा नगर प्रमुख कक्षपतिले यस्तो बताउनुभएको हो।
प्रशिक्षार्थिलाई प्रमाणपत्र प्रदान गर्दै नगर प्रमुख कक्षपतिले प्युठानमा बनेको ब्याग नेपालभरीनै प्रसिद्ध हुनेगरी ब्याग बनाउन आग्रह गर्दै बाँकी सबै सहयोग गर्न स्थानीय सरकार तयार रहेको बताउनुभयो।
त्यस्तै उहाँले युवतीहरुले सिकेको ब्याग बनाउने सिप नगरपालिकाको सम्पत्ति भएको जनाउँदै उत्पादित सामाग्रीको बजारीकरणका लागी आफू नै लागि पर्ने समेत प्रतिबद्धता समेत जनाउनुभएको छ।

तस्बिर: तालिम सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै नगर प्रमुख अर्जुनकुमार कक्षपति 

सोही अवसरमा बोल्दै प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नेहरसिह के सि ले महिलाहरुलाई स्वरोजगार बनाउनु भनेको घरको आर्थिक अवस्था बलियो बनाउनु हो भन्दै यो तालिमको सदुपयोग गर्न आग्रह गर्नुभएको छ।
ब्याग बनाउने तालिम पाएका युवतीहरुलाई उद्यमी बनाउन हरेक प्रकारको सहयोग गर्न आफू तयार रहने के सि को भनाई छ।
प्युठान नगरपालिका  वडा नम्बर ९ का वडा अध्यक्ष नेहरसिह के सि को सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा नगरपालिकाका उप- प्रमुख शान्ता आचार्य,जिल्ला समन्वय समिती प्युठानका सदस्य रेशमा गिरी प्युठान नगरपालिका मेड्पा कार्यक्रमका फोकल पर्सन लेख बहादुर बिष्ट लगायतको उपस्थितिमा रहेको थियो।तालिम समापनको सो अवसरमा तालिममा तयार गरिएका ब्यागहरु अतिथिहरुलाई एक एक थान उपहार स्वरुप प्रशिक्षार्थिले प्रदान गरेका थिए ।गरिवी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम सञ्चालन निर्देशिका अनुसार नयाँ उद्यमि सिर्जना,आवश्यकताका आधारमा पुनर्ताजगी र एड्भान्स सीप विकास तालिम,उत्पादन भएका उद्यमीको आयआर्जन सहयोग कार्यक्रम सञ्चालन गर्दै आइरहेको नगरपालिकाकि उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले बताइन ।
यस्तै सोही तालिम लिएकी युवती देवा सुनारले तालिमले विश्वास बढाएपनि बजार ब्यबस्थापन र अन्य सहयोगका लागि स्थानीय सरकारले अभिभावकको भूमिका निर्वाह गरिदिनु पर्ने कुरामा जोड दिइन।