राम बहादुर बिश्वकर्मा
प्युठान,दिर्घायु कृषि सहकारी संस्था लिमिटेड प्युठान नगरपालिका ९ मरन्ठाना को छैटौं साथारण शभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ।
प्युठान नगरपालिका ९ का वडा अध्यक्ष नेहरसिह के सि को प्रमुख आतिथ्यतामा उक्त अधिबेशन सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष के सि ले अब सहकारीले बचत र कर्जा लागानी मात्र गर्ने होईन अबका दिनमा उत्पादन तर्फ लाग्नु पर्ने बताउनु भएको छ।"प्युठान नगरपालिका भित्र रहेका सहकारीहरु मिलेर अब कृषिलाई अगाडी बडाउनु पर्ने बेला आएको छ ।के सि ले भन्नुभयो-"पालिकाको अर्थतन्त्रलाई टेवा पुर्याउने भनेकै कृषि भएकाले अवका दिनमा सहकारीले कृषि उद्योग तर्फलाग्न आवश्यक छ।" त्यसैले पालिकामा भएका सहकारीले अव मर्ज भएर अगाडी बड्न समेत उहाँको आग्रह छ।
२०७२ सालमा ३० जना सदस्य बाट शेयर पुँजी संकलनगरी कारोवार सुरुगरेको सस्थाले पाचौ वर्ष पुरागर्दा सदस्य संख्या १ सय ८ जना र शेयर पुँजी २ लाख २६ हजार रुपैया तथा बचत ११ लाख ७७ हजार हजार १ सय ६ र लगानीमा रहेको ऋण१४ लाख २१ हजार ९ सय ४५ रहेको ब्यबस्थापक द्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।अधिबेशनबाट दिपेन्द्र के सि नै अध्यक्षमा दोहरिदै पदाधिकारी फेरबदल गरिएको छ जसमा उपाध्यक्ष खिम बहादुर के सि, सचीव राजेन्द्र जि सि ,कोषाध्यक्ष लक्ष्मी थापा, सदस्य,नगेन्द्र आचार्य , लोकेन्द्र जि सि,लक्ष्मण के सि ,कविता के एम,सीता खड्का,रित बहादुर थापा,बिजुला गि री सहितको संचालक समिती गठभएको छ।
त्यस्तै धुर्ब जि सि को संयोजकत्वमा गिता के सि र सीता जि सि (के सि) लेखा सुपरिबेक्षण समिती समेत गठन भएको बताइएको छ।
सस्थाका अध्यक्ष दिपेन्द्र के सि को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजेन्द्र के सि ले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचीव डुण्डिराज पोख्रेलले सन्चालन गर्नु भएको थियो ।
त्यस्तै लेखा सुपरिबेक्षण समितिका संयोजक ध्रुव जि सि ले सहकारीहरुले अहिले आफ्नो संस्थामा व्यक्तिलाई बचत गराउन तर्फमात्र ध्यान दिएको र उत्पादनशील क्षेत्रमा लगानी कम गरेको प्रसंग उठाउँदै अब सहकारीहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने जोड दिनुभयो ।
जि सि ले छरिएर रहेको जनताको रकम लाई एक ठाउँमा ल्याउन सहकारीहरुले भूमिका खेलेको उल्लेख गर्दै अब सहकारीहरु पनि मर्जगरेर उत्पादनशील र सामूहिक कृषि क्षेत्रमा लगानी गर्ने बेला आएको पनि बताउनुभयो।
उहाँले प्रत्येक सदस्य उत्पादनसँग नजोडिकन आर्थिक स्तर अकास्न नसकिने धारणा व्यक्त गर्दै अब सहकारीहरुले प्रत्येक सदस्यहरुको आर्थिक जीवन स्तर उकास्न यस्ता आर्थिक क्रियाकलापमा ध्यान पुर्याउन आबश्यक छ। जि सि भन्नुभयो- ‘सहकारीले अब त्यसको लागी विशेष अभियान चलाउनु पर्ने र खास गरि निम्न वर्गका ग्रामीण क्षेत्रका समुदायहरु व्यक्तिहरुलाई ध्यान दिएर उनीहरुको जिविकोपार्जनमा प्रत्यक्ष प्रभाव र सहयोग हुने योजना लिएर गाउँगाउँ जान जरुरी छ।’
त्यस्तै जिल्ला कृषि सहकारी संघका अध्यक्ष दिन बहादुर जि सि ले ‘आम्दानी गर्न नसक्ने र आम्दानी नभई व्यक्तिले बचत गर्न सक्दैनन् । व्यक्तिलाई घरेलु उत्पादन र आफ्नै क्षेत्रमा स्वयं उही व्यक्तिले उत्पादन र निर्माण गर्न सक्ने उत्पादन गर्नका लागी सहकारीले ध्यान दिन जरुरी भएको बताउनुभयो ।
‘कतिपय व्यक्तिहरू उत्पादन र आम्दानीसँग नजोडिकन बचत गर्नेतर्फ मात्र आकर्षित भएका र बचत गर्ने पैसा नहुँदा ऋण लिएर समेत बचत गर्ने होडबाजीमा लागी रहेकोमा समेत उहाँले चिन्ता व्यक्त गर्नुभएको छ।’
नविनतम् सोच र कार्यशैलीलाई अंगिकार गर्दै सहकारी सस्थालाई अगाडी बढाउने छु: अध्यक्ष के सि
सहकारी ऐन, नियमावली, मापदण्डको दायराभित्र रही समय सापेक्ष नविनतम् सोच र कार्यशैलीलाई अंगिकार गर्दै संस्था सवल र सुरक्षित व्यवसायिक संस्थाको रुपमा स्थापित हुन सफल भएको छ ।
सहकारीको सिद्धान्त र मुल्यमान्यता अनुरुप समुदायमा आधारित भई संचालनमा रहेको आफुले सन्चालन गरेको सहकारी संस्था तत्कालिन अवस्था देखि नै नियमित बचतका माध्यमबाट समुदायमा छरिएर रहेको पूंजीलाई संकलन गरी सदस्यहरुको वित्तिय आवश्यकता पूरा गर्न र कृषि ब्यबसाय जोड्न उद्देश्यका साथ शुरुवात भएको थियो । सहकारी ऐन, नियमावली, मापदण्डको दायराभित्र रही समय सापेक्ष नविनतम् सोच र कार्यशैलीलाई अंगिकार गर्दै संस्था सवल र सुरक्षित व्यवसायिक संस्थाको रुपमा स्थापित हुन सफल भएको छ । संस्थाले वित्तीय सेवाको साथसाथै विविध सामाजिक क्रियाकलाप र सेवाहरु प्रदान गर्दै सदस्यमाझ मात्र नभएर जिल्लाकै सहकारी अभियानको लागि पाठशालाको रुपमा समेत पहिचान बनाउन सक्षम भएको हामिले महशुस गरेका छौं ।संस्थाको सेवा सुविधालाई अझै परिस्कृत र प्रविधिमैत्री, सरल, सहज, उपलब्धीपूर्ण बनाउनेतर्फ आगामी दिनहरुमा हाम्रो अथक प्रयास रहनेछ ।सदस्य र समुदायको हितका लागि हामीलाई प्राप्त सल्लाह, सुझावलाई कार्यान्वयनको लागि सदा अग्रसर रहने समेत विश्वास दिलाउन चाहन्छौं ।
संस्थाको परिकल्पना पूरा गर्न प्रत्यक्ष एवम् परोक्ष रुपमा निरन्तर सहयोग र सहकार्य गर्नुहुने सम्पूर्ण आदरणीय सदस्यज्यूहरु,सल्लाहकार ज्यूहरु, विभिन्न समितितिमा रहेर काम गर्नुहुने सहकर्मी साथिहरु र कर्मचारीहरु एवं स्थानिय संघ संस्थाहरु, लगायत नियामक निकायहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं ।साथै निरन्तर सहयोग र सद्भावको लागि समेत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक आभार प्रकट गर्दछौं । निरन्तर सहायोग र सुझावको अपेक्षा गर्दछौं।
प्रतिक्रिया राख्नुहोस्