बुटवल, बुटवलमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको ज्यान गएको हो । प्यूठानको स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
गत चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएका प्यूठानका पुरुषको आज बिहान ५ बजे मृत्यु भएको थियो । त्यस्तै चैत २३ गते भर्ना भएकी तिलोत्तमाकी महिलाको ७ बजेर २३ मिनेटमा मृत्यु भएको हो ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्