नेपाल बैंकले चितवनको रत्ननगर नगरपालिका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने

नेपाल बैंकले चितवनको रत्ननगर नगरपालिका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक एबं चितवन जिल्ला स्थित पर्यटकीय रत्ननगर नगरपालिका बिच उक्त नगरपालिकाद्वारा संचालन गर्न लागिएका विभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौता भएको छ । रत्ननगर नगरपालिका एबं नेपाल बैंकबीच “नगरप्रमुख उद्यमशिलता बिकास कार्यक्रम” अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा नेपाल वैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा रत्ननगर नगरपालिकाको तर्फबाट नगर प्रमुख नारायण वनबाट हस्ताक्षर भएको हो ।उक्त नगरपालिका क्षेत्रका कृषि तथा पशुपंक्षीजन्य ब्यवसाय प्रवर्धन तथा रत्ननगर नगरपालिकाको नगर प्रमुख उद्यमशिलता बिकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशील बन्न चाहने नगरबासी एवं नेपाल राष्ट्र बैकको सहुलियतपूर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधि २०७५ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको शीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी ब्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदानगरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले रत्ननगर नगरपालिका र नेपाल बैंकबीच उक्त सम्झौता भएको हो ।

बैंकले हाल २०३ वटा शाखाहरु, १३२ बटा एटिएम तथा ३८ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ र चालु आर्थिक वर्ष भित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडी बढाईरहेको छ ।