राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) ले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने कार्य पुनःअघि बढाएको छ । कोभिड–१९ को महामारीबाट उत्पन्न विषम परिस्थितिबाट लम्बिएको बन्दाबन्दीले महिनौँ दिनसम्म ठप्प रहेको बालबालिकाको पठनपाठन कार्यलाई निरन्तरता दिन बिहिवार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सिकाइ सहजीकरणको कार्यलाई अघि बढाएको हो ।
यसमा विज्ञान,शिक्षा तथा प्रविधि मन्त्रालयले जारीको गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका-२०७७’ माथि छलफल गरी संक्रमणको जोखिम नभएको वा सबैभन्दा न्यून रहेको क्षेत्रका विद्यालयबाट सिकाई सहजीकरण सुरु गर्न सकिने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।
“यसका लागि प्युठानका नौ वटै स्थानीय तहले सम्बन्धित तहका विद्यालय सञ्चालन वा बन्द गर्न निर्देशन दिन सक्नेछ । त्यस्तै, स्थानीय तहभित्र विद्यालय सञ्चालनको सूचना प्रकाशन वा प्रसारण गर्दा विद्यार्थीले आउँदा-जाँदा र विद्यालयमा रहँदा पालना गर्नुपर्ने स्वास्थ्यसम्बन्धी मापदण्डको जानकारी दिनुपर्नेछ । प्रमुख जिल्ला अधिकारीले भुसालले भन्नुभयो।
लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरुमा नकारात्मक असर परेकाले विद्यालय सञ्चालन हुनुपर्ने स्थानीय तहले जनाएका छन् । गत चैतदेखि बन्द रहेका विद्यालयहरु खुल्न नसक्दा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । अहिले हरेक स्थानीय तहले वैकल्पिक शिक्षण विधिको उपाय खोज्न थालेका छन् ।
देवालीमा भिडभाँड नगर्ने:
त्यसैगरी जिल्लाका विभिन्न ठाउँमा लाग्न थालेको कुलपुजा(देवाली)लाई लक्षित गरि बैठकले कुलपुजा गर्न सकिने तर भिडभाड नगर्ने, प्रतिनिधिमुलक तरिकाले बलि चढाउने वातावरण बनाउने निर्णय समेत गरेको छ।
प्रतिक्रिया राख्नुहोस्