राम बहादुर बिश्वकर्मा
प्युठानमा विद्यालय खुल्न थालेका छन्। कोरोना भाइरसको सक्रमण कम भएकाले करीब ७ महीना पछि विद्यालय खुल्न थालेका हुन ।
प्युठान नगरपालिका र सरोकारवाला संगको छलफल पछि विद्यार्थीलाई विद्यालयमै बोलाएर पठनपाठन सुरु गरिएको हो । यस अघि विभिन्न बिध्यालयले टोल शिक्षा सुरु गरेको थियो । अहिले भने टोल शिक्षालाई स्थगित गर्दै आलोपालोमा कक्षा संचालन सुरु गरेको छ ।
प्युठान नगरपालिका स्थित बाल बिध्या मावि मरन्ठाना मजुवाले आइतबार देखि पठनपाठन सुरु गरेको छ ।सामाजिक दुरी कायम गरि स्वास्थ्य मापदण्ड पूरा गरेर विभिन्न कक्षालाई आलोपालो शिक्षण सुरु गरिएको विद्यालयले जानकारी दिएको छ । प्रत्येक कक्षाका विद्यार्थीलाई दैनिक आलोपालोमा अध्यापन सुरु गरिएको छ ।
सामाजिक दुरी कायम गरेर आफूहरूले पठन पाठन सुरु गरेको प्रधानाध्यापक केशु गिरिले जानकारी दिए ।विद्यार्थीको सिकाइलाई निरन्तरता दिन स्वास्थ्य सुरक्षामा पनि ध्यान दिएर पढाइ सुरु गरिएको प्रधानाध्यापक गिरीको भनाई छ । सबै विद्यार्थीलाई मास्क अनिवार्य र प्रवेश गर्दा गेटमै साबुन पानीले हात धुने व्यवस्था गरिएको छ ।
विद्यालयले आइतबार कक्षा १ देखि १० सम्मका ८२ जना विद्यार्थीलाई स्वास्थ्य सावधानीका साथ दुरी कायम गरी पढाएको थियो ।
६० जना क्षमताको कक्षा कोठामा २५ जना मात्रै राखिएको थियो।‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशिकामा रहेर पढाएका छौं,’ प्राध्यानाध्यापक गिरीले भने, ‘हामीले जोर र बिजोर क्रम संख्याका आधारमा सबै कक्षा सञ्चालन गर्ने तयारी थालेका छौं ।’
सामाजिक दुरी कायम गरेर पढाउन सकिन्छ कि भनेर पहिलो पटक अभ्यास गरेको उनले बताए । ‘सबै विद्यार्थीलाई पालैपालो विद्यालयमा उपस्थित गराएर पढाउने विचारमा छौं, ’ प्रधानाध्यापक गिरीले भने ।
उनका अनुसार एउटा बेन्चमा एक देखि २ जना र करिब दुई मिटरको दुरी हुने गरी विद्यार्थीलाई बस्ने व्यवस्था गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत ११ देखि देशव्यापी लकडाउन भएपछि शैक्षिक संस्था बन्द रहेका थिए।
.
प्रतिक्रिया राख्नुहोस्