काठमाडौं । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-७ कि ७० वर्षीया महिलाको मृत्यु भएको हो ।
वृद्धाको बिहीबार बिहान साढे १० बजे कोभिड आईसीयू कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए ।महिला दम बढेपछि यही भदौ ३ गते नेपालगञ्जको नर्सिङ होममा भर्ना भएकी थिइन् । पीसीआर जाँच गर्दा पोजेटिभ देखिएपछि कोहोलपुर पठाइएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।
महिलाको मृत्युसँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ६ पुगेको छ । बुधबार पनि बाँकेमा ३७ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्