प्यूठान। प्यूठानमा एक महिलाको बेवारीसे अबस्थामा सडेको शब फेला परेको छ ।
जिल्लाको ऐराबति गाउँपालिका वडा नंवर ५ सराङबेसि स्थित झिमरुक खोलाबाट खेतमा सिचाईको लागि लगेको कुलोमा एक जना महिला शनिबार मृत फेला परेकी छन् । परिचय खुल्न नसकेकी अन्दाजी ५०/५५ वर्षीया महिला कुलोमा मृत फेला परेको प्रहरी बरिष्ठ उपरीक्षक एवं ५ नंवर प्रदेश प्रहरी कार्यालय दाङका प्रबक्ता राजकुमार बैदवारले जानकारी दिए। सडेगलेको अबस्थामा फेला परेको शबलाई परीक्षण गर्न नसकिने भएकोले गाउपालिकासंगको समन्वयमा सतगत गरिएको बैदवारले बताए।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
कामना डेलिबाट
Tags :
सम्बन्धित खवर
प्रतिबन्धित देशका नागरिक नेपालमा आउन नपाउने
६ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्