प्युठानमा एकैदिन ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३३ पुग्यो

प्युठानमा एकैदिन ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३३ पुग्यो

राम बहादुर बिश्वकर्मा, प्युठान। प्युठानमा एकैदिन थप ९ जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै जिल्लामा संक्रमितको संख्या ३३ पुगेको छ ।

जिल्लाको माण्डबि गाउँपालिका स्थित लोकभक्त प्राबी को क्वारेन्टाइनमा रहेका १८,१८,२५,२५,२६,३० र १९ वर्षीय पुरुष र स्वर्गद्वारी नगरपालिका स्थित अमर क्याम्पस र जनता मा बि क्वारेन्टाइनमा रहेका र स्वर्गद्वारी नगरपालिका वडा नं .४ का २७ बर्षिय र वडा नं ८ का २६ वर्षका १ जना गरी २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य प्रमुख दल बहादुर के सि ले जानकारी दिनुभयो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङमा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो ।संक्रमित सबैजना भारतबाट घर फर्किएका बासी हुन् । उनिहरु यहि जेठ नौ गते भारतबाट आएर गाउपालिकाले बनाएको क्वारेन्टिनमा बस्दै आएका थिए। भारतको दिल्लिबाट आएका माण्डबि गाउँ पालिका वडा नम्बर ४ का ५ जना, दाङको बङ्गलाचुली गाउँपालिका ६ का र १ जना रहेको सुबेदिले बताउनुभयो ।

क्वारेन्टाइनमा रहेका ३८ जनाको स्वाब संकलन गरिएका मध्ये उनीहरुमा कोरोना संक्रमण देखिएको माण्डबी गाउँपालिकाका स्वास्थ्य प्रमुख धुर्ब पोख्रेलले बताउनुभयो।