प्यूठान नगरपालिकाद्वारा कृषि व्यवसायमा नयाँ प्रोत्साहन : हलोगोरु अनुदान

प्यूठान नगरपालिकाद्वारा कृषि व्यवसायमा नयाँ प्रोत्साहन : हलोगोरु अनुदान

राम बहादुर बिश्वकर्मा 
प्यूठान,प्यूठान नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा हलोगोरु (बाख्रा) पालन गर्ने किसानहरूका लागि अनुदान उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्ने भएको छ। यस पहलले गाउँका किसानको आय बढाउने र उत्पादन क्षमता सुधार्ने उद्देश्य राखेको छ।
नगरपालिकाले इच्छुक किसानहरूलाई आवश्यक कागजातसहित आवेदन दिन आह्वान गरेको छ। आवेदन पेश गर्ने अन्तिम मिति सूचना प्रकाशित मितिले १५ दिनभित्र रहेको छ।
आवेदकका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,अन्य सरकारी निकायबाट सोही शीर्षकमा अनुदान नलिएको स्वघोषणा पत्र,सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र,सेवाग्राही (किसान)को फोटो,नगरपालिकाले थप जानकारीका लागि बिजुवार स्थित पशु सेवा शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ।
अनुदानले केवल आर्थिक सहयोग मात्र नभई व्यवसायिक दृष्टिकोण अपनाउन प्रेरित गर्नेछ। यसले गाउँका युवा किसानलाई पनि कृषि क्षेत्रमा लगानी गर्न उत्साहित बनाउने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।
हलोगोरु पालनमा लगानी र अनुदानले ग्रामीण क्षेत्रमा आयको स्रोत मजबुत बनाउने,उत्पादन क्षमता बढाउने र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने विश्वास गरिएको छ।नगरपालिकाले यस पहल मार्फत किसानलाई दीर्घकालीन रूपमा व्यवसायिक सफलता प्राप्त गर्न सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।