राम बहादुर बिश्वकर्मा
प्युठान,सरुमारानी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने ११ जना कर्मचारीलाई नगदसहित सम्मान गरेको छ।
पालिका वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रमको अबसर पारेर उनिहरूलाई नगद पुरस्कार तथा सम्मान-पत्र प्रदान गरिएको हो।
यसरी सम्मानित हुनेमा कार्यालय सहयोगीदेखि अधिकृत तहसम्मका व्यक्ति रहेका छन्।प्रशासन शाखा प्रमुख -लक्ष्मण आचार्य,इञ्जिनियर-सुभाष गौतम,ओभरसियर-केशव दर्लामी,हँसपुर स्वास्थ्य शाखा प्रमुख -सरोज कुमार भट्ट,पशु सेवा शाखा प्रमुख-केशव गिरी,युवा तथा खेलकुद शिक्षा अधिकृत-पुष्पलाल शाही,तीन नम्बर वडा कार्यालय कम्प्युटर अपरेटर ददिराम खनाल,६ नम्बर वडा कार्यालय वडा सचिव रचना श्रेष्ठ मगर,सत्य मा माबी ददेरीका प्र.अ नारायण पौडेल,कार्यालय सहयोगी गिता सारु,नगर प्रहरी शेखर खनाल रहेका छन्।
उनीहरूलाई अध्यक्ष झग बहादुर बिश्वकर्मा,उपाध्यक्ष बसन्ता खड्का र प्रमुख प्रशासकीय अधिकृत त्रिबिक्रम खड्काले सम्मान-पत्रले सम्मान गरेका हुन्।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष बिश्वकर्माले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई बधाई ज्ञापन गर्दै सेवा प्रवाहमा सबै कर्मचारी इमान्दार र जिम्मेवार बन्नुपर्ने बताए।यसले आगामी दिनहरुमा कर्मचारीहरुलाई काम गर्न प्रेरित गर्ने समेत बताए।उनले जनताको सेवाका लागि जनप्रतिनिधिको भन्दा कर्मचारीको महत्वपूर्ण भूमिका हुने भन्दै कर्मचारीहरुलाई इमानदारिताका साथ काम गर्न समेत आग्रह गरे।गाउँपालिका अध्यक्ष बिश्वकर्माले भने,“कर्मचारी र जनप्रतिनिधि बीचको समन्वय अझ प्रगाढ हुनुका साथै सम्मान कार्यले कर्मचारीलाई थप हौसलासहित जिम्मेवारी बनाउनेछ।”उनका अनुसार कर्मचारीहरूका प्रयासले गाउँपालिकाको समग्र कार्यक्षमता अभिवृद्धि भएको उल्लेख गर्दै यसले अन्य कर्मचारीहरूलाई पनि प्रेरणा दिनेछ।"

उपाध्यक्ष बसन्ता खड्काले कर्मचारीहरुलाई उच्च मनोवलका साथ जनताको सेवा लाग्न आग्रह गरिन। समयमै विकास निर्माणका कामहरु सम्पन्न गर्नदेखि जनतालाई सहज रुपमा सेवा प्रदान गर्नका लागि कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहने भएकाले इमान्दारिताका साथ कर्मचारीलाई लाग्न आग्रह गरेकि थिइन ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत त्रिबिक्रम खड्काले उत्कृष्ट कर्मचारीहरुलाई सम्मान बार्षिक कार्यक्रमको निरन्तरता रहेको बताए।
कार्यसम्पादन सहित संस्थागत छवि उच्च बनाउन कर्मचारी मित्रहरु लाग्न आबश्यक छ।उनले भने-"उनका अनुसार पुरस्कारले कार्यमा उत्प्रेरणा,यात्रामा सावधानी र जोखिममा संघर्ष गर्न सिकाउँछ,यो उपलब्धि उत्कृष्टताका लागि नभएर उत्कृष्ट प्रयासका लागि हो भन्ने बुझाई छ।

प्रशासन शाखा प्रमुख -लक्ष्मण आचार्य,इञ्जिनियर-सुभाष गौतम,ओभरसियर-केशव दर्लामी,हँसपुर स्वास्थ्य शाखा प्रमुख -सरोज कुमार भट्ट,पशु सेवा शाखा प्रमुख-केशव गिरी,युवा तथा खेलकुद शिक्षा अधिकृत-पुष्पलाल शाही,तीन नम्बर वडा कार्यालय कम्प्युटर अपरेटर ददिराम खनाल,६ नम्बर वडा कार्यालय वडा सचिव रचना श्रेष्ठ मगर,सत्य मा माबी ददेरीका प्र.अ नारायण पौडेल,कार्यालय सहयोगी गिता सारु,नगर प्रहरी शेखर खनाल रहेका छन्।
उनीहरूलाई अध्यक्ष झग बहादुर बिश्वकर्मा,उपाध्यक्ष बसन्ता खड्का र प्रमुख प्रशासकीय अधिकृत त्रिबिक्रम खड्काले सम्मान-पत्रले सम्मान गरेका हुन्। 
प्रतिक्रिया राख्नुहोस्