मुक्ति समाज नेपालको केन्द्रिय सदस्यमा रुपन्देहीका सुरेन्द्र श्री सर्बसम्मत निर्वाचित

 मुक्ति समाज नेपालको केन्द्रिय सदस्यमा रुपन्देहीका सुरेन्द्र श्री सर्बसम्मत निर्वाचित

सीता बि.क 
प्युठान,नेपाल कम्युनिष्ट पार्टी एमाले निकट गौरवशाली संगठन नेपाल जातीय मुक्ति समाजको केन्द्रिय सदस्यमा रुपन्देहीका सुरेन्द्र श्री सर्वसम्मत चयन हुनुभएको छ।
मुक्ति समाजको सातौं राष्ट्रिय सम्मेलनबाट श्री केन्द्रिय सदस्यमा सर्बसम्मत निर्वाचित हुनुभएको हो।केन्द्रिय सदस्यमा सर्बसम्मत निर्वाचित भए पश्चात् उहाँले जातीय मुक्तिका लागि मात्रै नभइ समाज रुपान्तरण र समृद्धिका लागि संगठनले काम गर्नु पर्ने र समाज विकासमा योगदान पुर्याउनु पर्ने भएकाले प्राप्त आफ्नो जिम्मेवारी सक्रियताका साथ बहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 
जातीय विभेदको अन्त्य र सामाजिक न्यायको आन्दोलनमा एमालेले गरेको प्रयास सकारात्मक रहेको बताउँदै उहाँले सम्पूर्ण दलित समुदाय उत्पीडित जातीय मुक्ति समाजमा गोलबन्द हुन आह्वान समेत गर्नुभयो।
जातिय बिभेद बिरुद्धको संघर्षका उपलब्धी,संबैधानिक व्यबस्थाका अधिकार र त्यसका ब्याववहारिक चुनौति के हुन सक्छन,तिनको रिराकरण कसरी हुनसक्छ र आगामी दिनका कार्यभार के हुन सक्दछन भन्ने चर्चा गर्न आवश्यक रहेको उहाँको भनाई छ । 

 

काठमाडौमा सम्पन्न सातौं राष्ट्रिय सम्मेलनले मनोहर विश्वकर्मा पौडेलको नेतृत्वमा १ सय ५१ केन्द्रिय कमिटी सर्वसम्मतरुपमा निर्वाचित गरेको हो। 


जसको उपाध्यक्षमा मैना अछामी,उपाध्यक्ष निर्मल देउला महासचिव अनुभूतिवम नेपाली,उपमहासचिव सोमनाथ पर्तेल,सचिव टेक घतानी,तेजवहादुर विश्वकर्मा,कल्पना वराल र मानदेव हजारा सल्लाहकार परिषद अध्यक्ष नन्द विश्वकर्मा,उपाध्यक्ष कमला विश्वकर्मा र सचिव धनवहादुर नेपाली रहनुभएको छ।
त्यस्तै अनुशासन आयोग अध्यक्ष ओफीलाल ओखेडा,उपाध्यक्ष गोविन्द पासवान र सचिव कृष्ण नेपाली,लेखा आयोग अध्यक्ष गोपाल परियार,उपाध्यक्ष कुमार विश्वकर्मा र सचिव नरेन्द्र भित्रीकोटी निर्वाचन आयोग अध्यक्ष सुन्दर विश्वकर्मा,उपाध्यक्ष शान्ति वर्मा र सचिव जयवहादुर वि.क. रहनुभएको छ।त्यसैगरी लुम्बिनी प्रदेशवाट केन्द्रिय कमिटी निर्वाचित कमरेडहरु गुल्मी कृष्ण विश्वकर्मा र दलवहादुर विश्वकर्मा,पाल्पा योगेन्द्र गैरे,रुपन्देही तेजप्रसाद विश्वकर्मा,सुरेन्द्र श्री विश्वकर्मा र रवी सेन्चुरी,नवलपरासी तारा सुनार,कपिलवस्तु टिकाराम सुनार र सुमित्रा परियार,अर्घाखाँची रुद्र विश्वकर्मा,प्यूठान निम वहादुर सुनार,दाङ मानवहादुर विश्वकर्मा, निर्मला विश्वकर्मा र देउमान दमाई,बाँके हिमवहादुर सुनार,बर्दिया ओमवहादुर नेपाली रहनुभएको छ।
सम्मेनले सगठनको पूरा नाम "मुक्ति समाज नेपाल" राख्ने निर्णय सहित बिधानका केहि बिषयमा महत्त्वपूर्ण संशोधन तथा नयाँ थप ब्यबस्था समेत गरेको छ।