नेपाल रेडक्रस सोसाइटी प्युठानको ४९ औँ स्थापना दिवस : उत्कृष्ट कार्य गर्ने दुई उपशाखा सम्मानित

नेपाल रेडक्रस सोसाइटी प्युठानको ४९ औँ स्थापना दिवस : उत्कृष्ट कार्य गर्ने दुई उपशाखा सम्मानित

राम बहादुर बिश्वकर्मा
प्युठान,अहिले विश्वमा र हाम्रो समाजमा मानवताको लागि निष्पक्ष र तटस्थ रुपमा सेवा गर्ने पवित्र भावना भएका नागरिकको खाँचो बढेर गएको अन्तक्रिर्या कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन।
नेपाल रेडक्रस सोसाईटी प्युठानको  ४९ औँ स्थापना दिवसको अबसरमा आयुष्मा होटल जुम्रीमा आयोजित अन्तक्रिर्या कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन। 
मानव सेवामा इतिहास रचेको नेपाल रेडक्रसले आफ्नो गरिमा उँचो राख्ने गरी यसको संस्थागत विकास गर्न र नयाँ पुस्तालाई यो अभियानमा जोड्न आवश्यक रहेको उनिहरुको भनाई थियो।यसै अवसरमा विभिन्न उपशाखा मध्ये उत्कृष्ट उप-शाखा छनोट गरि सम्मान गरिएको थियो।
सम्मानित हुनेहरुमा  शभापती लोकमणी भण्डारी बिजुवार उपशाखा प्युठान नगरपालिका र सभापति दोर्ण अधिकारी बाङ्गेशाल उपशाखा सरुमारानी गाउँपालिका सम्मानित भएका छन् ।कार्यक्रम नेपाल रेडक्रस सोसाईटी प्युठानका सभापति गुमानराज पुलामीको अध्यक्षता र मन्त्री दामोदर शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका शाखा सभापति गुमानराज पुलामीले नेपाल रेडक्रसको ऐतिहासिक पृष्टिभूमि,रेडक्रसका विविध गतिविधि,अन्तराष्ट्रिय रेडक्रस अभियान लगायतका बारेमा चर्चा गरेका थिए।
रेडक्रसका व्यवहारिक सात सिद्धान्तलाई कार्यान्वयनमा लैजान जुनियर युवा देखि स्वयंसेवक र कर्मचारीहरुको सेवा अतुलनीय रहेको बताउदै विभिन्न खालका चुनौती हुँदा हुँदै पनि नेपाल रेडक्रसले समुदायको विश्वास जितेको उनको भनाई थियो।
जिल्लामा वि.सं २०३३ बैशाख बैशाख १० गते पहिलो सामाजिक संस्थाको रुपमा स्थापना भएको रेडक्रस सोसाइटीले जिल्लाभर उपशाखा स्थापना गरि मानविय सेवा तथा विपद्को अवस्थामा राहत सहयोग तथा खोज उद्धारमा नेपाल रेडक्रस जिल्ला शाखा अग्रणी संस्थाको रुपमा रहेको छ।