राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्ला प्रसासन कार्यालय प्युठानले शुक्रबार जिल्ला प्रसासनमा आयोजना गरेको पत्रकारहरु बिचको परिचयात्मक तथा अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रसासन कार्यालय प्युठानका तत्कालीन प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुबेदिको गृहमन्त्रालय सरुवा भए पछि उहाँको ठाउँमा गृहमन्त्रालय बाट सह सचीव दिपक राज नेपाल आय पछि जिल्लामा क्रियाशिल पत्रकारहरुका बिचमा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो।परिचयात्मक तथा अन्तर्किया कार्यक्रममा जिल्लामा नँया आउनु भएका प्रमुख जिल्ला अधिकारी नेपाल समक्ष पत्रकारहरुले विशेष गरी जिल्लाको पत्रकारिता र सञ्चार माध्यमको अवस्था,शान्तिसुरक्षा,आमनागरिकका सवाल,बिकास निर्माण,पेट्रोल पम्प भए पनि पेट्रोल नपाइने,जिल्लामा मापदण्ड बिपरित खनिएका सडक हरुका कारण बस्ती ढुवान, सवारी दुर्घटना सवारी साधनमा मापदण्ड बिपरित हुने गाडी भाडा,विपद ब्यबस्थापनमा ढिलासुस्ती,आत्महत्या,फोहोरमैला ब्यबस्थापनमा समस्या,विभिन्न कार्यालयमा प्रबक्ता र सुचना अधिकारी नियुक्त भएपनी सुचना प्रबाहमा ब्यवास्था,बजार अनुगमन लगाएका थुप्रै कुराहरु प्युठान जिल्लामा नंया आउनु भएका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल लगाएतका बिभिन्न बिषयहरुमा पत्रकारहरुले गुनासो राख्नु भएको थियो।
यस्तै पत्रकारहरुले राखेका गुनासाको जफाब दिदै आएका हरेक गुनासासालाइ आत्मसात गर्दै हरेक विषयमा गम्भीर भएर लाग्ने प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्