स्थानीय खाना र संस्कृति संरक्षणका लागि तेस्रो "मल्लरानी खाना महोत्सव"को तयारी पूरा

स्थानीय मौलिक तथा परम्परागत खानाको परिकार प्रस्तुत गरिने

स्थानीय खाना र संस्कृति संरक्षणका लागि तेस्रो "मल्लरानी खाना महोत्सव"को तयारी पूरा

सीता बि.क
प्युठान,प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रको आयोजनामा नंया बर्ष २०८२ को अबसरमा आइतबार  देखी सन्चालन हुन लागेको खाना महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । स्थानीय मौलिक तथा परम्परागत खानाको प्रवद्र्धन गर्दै व्यवसायिकरण गर्ने उद्देश्यले तेस्रो पटक आयोजना गर्न लागेको खाना महोत्सवको तयारी पूरा भएको प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रको  संघका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिनुभयो। स्थानीय तथा परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले यही चैत्र ३१ देखि २०८२ बैशाख २ गते सम्म मल्लरानी गाउँपालिका ४ मल्लरानी डाडामा खाना महोत्सव गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
खाना महोत्सवमा कोदोको ढिंडो,गुन्द्रुकको अचार,सेल रोटी,तरकारी,लोकल कुखुराको मासु,फापरको रोटी लगायतका परम्परागत खाद्य परिकार प्रस्तुत गरिने बताइएको छ ।  प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले पछिल्लो समय परम्परागत मौलिक खानाप्रति मानिसको आकर्षण पनि बढ्न थालेका कारण महोत्सव उपलब्धीमुलक हुने र खाना महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले पर्यटन पर्वर्धनका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै खाना महोत्सवमा कलाकारहरु प्रचण्ड जि.सी, सन्दिप न्यौपाने,रितु थापा,नारायणी खत्री,बविता गुरुङ्ग र सम्झना रणपालको प्रस्तुती रहने आयोजक संस्थाले जनाएको छ।
मल्लरानी गाउँपालिकाको मल्लरानी डाडा धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । निकै सुन्दर,आकर्षक र मनमोहक दृश्यहरु देखिने मल्लरानी डाडा मनोरम दृश्यावलोकनको गन्तव्यका रुपमा विकास हुँदै गएको हो । यहाँ विभिन्न भौतिक पूर्वाधारहरुको विस्तार भएसँगै पछिल्लो पटक याे ठाउँ पर्यटकीय गन्तव्य बन्दै गएको छ ।