उत्कृष्ट उद्योग वाणिज्य संघ इलाकाको रुपमा प्युठान नगर बजार क्षेत्र सम्मानित

उत्कृष्ट उद्योग वाणिज्य संघ इलाकाको रुपमा प्युठान नगर बजार क्षेत्र सम्मानित

सीता बि.क
प्युठान,उत्कृष्ट उद्योग वाणिज्य संघ इलाकाको रुपमा प्युठान नगर क्षेत्र सम्मानित भएको छ।उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनको अवसरमा प्युठान नगर क्षेत्रको रूपमा उत्कृष्ट सम्मानित गरिएको हो।

तस्बिर : सम्मान पत्र ग्रहण गर्दै प्युठान नगर बजार क्षेत्रका अध्यक्ष प्यार अलि खान


सस्थागत बिकास सङ्गै उद्योग,व्यापार,व्यवसायको विकास तथा प्रवर्द्धनमा उत्कृष्ट भूमिका निर्वाह गरी महत्वपूर्ण योगदान पुऱ्याए बापत जिल्लाकै उत्कृष्ट इलाकाको रूपमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य किशोर कुमार आचार्य र संघका जिल्ला अध्यक्ष पशुपति नारायण नकर्मिले सम्मान स्वरुप इलाकाका अध्यक्ष प्यार अलि खानलाई सम्मान पत्र प्रदान गरेका थिए ।