सीता बि.क
प्युठान,सार्बजनिक हितका निम्ति खोजिएको सूचना सम्बन्धित कार्यालयका सूचना अधिकारीले दिनुपर्ने प्रतिनिधि सभा सदस्य सूर्य थापाले बताउनुभएको छ।
राज्य र कुनै पनि नागरिकको हितमा प्रतिकूल असर पार्ने सम्बेदनशील सूचना बाहेक सम्पुर्ण सार्बजनिक महत्वका सूचना आम नागरिकले सरल र सहज तरिकाले प्राप्त गर्न पाउनुपर्ने भन्दै समाजमा अफबाह र भ्रम फैलाउने र अनावश्यक ढङ्गले बदनाम गर्न कोसिस गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिनुपर्ने थापाको भनाई थियो।
शुक्रवार खलंगामा सूचनाको हक सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै सूचना अधिकारीको तजबिजले होइन,सूचना दिनुपर्छ सबै सार्बजनिक निकायले जानकारी दिएर काम गर्नुले सुसासन समेत कायम हुन्छ,साच्चै जनता सचेत र जागरित हुने हो भने सुचना अधिकारीको काम साच्चिकै महत्वपूर्ण हुने भएकाले सचेत र जागरित नागरिकले संविधान र कानुन बमोजिमका कर्तव्य पूरा गर्नुपर्ने उल्लेख गर्नुभयो।त्यस्तै राष्ट्रिय सूचना आयोगका आयुक्त गगन बिष्टले नागरिकले मागेको सुचना सार्बजनिक निकायले अनिवार्य दिनुपर्ने बताउनुभयो।सार्बजनिक निकायका हरेक गतिविधि नागरिकले थाहा पाउनुपर्ने संबैधानिक मौलिक हक रहेको उल्लेख गर्दै नागरिकले मागेको सूचना दिनुपर्ने कानुनी ब्यबस्था भएकाले सार्बजनिक निकायले अनिवार्य सूचना दिनुपर्ने उहाँको भनाई थियो। सूचनाको हकसम्बन्धी कानुन अनुसार सबै नागरिकले सार्वजनिक निकायका सूचना सहजै प्राप्त गर्न पाउने अधिकार भएकाले सूचना उपलब्ध गराउन आनाकानी गर्न नमिल्ने जानकारी दिनुभयो।नियमअनुसार सूचना मागे‘नागरिकले सूचना पाउँछ, दिनुपर्छ’,उहाँले भन्नुभयो, ‘नागरिकले मागेको सूचना नदिए आयोगले कारबाही गर्छ। सूचना लिने व्यक्तिले पनि सूचनाको गलत प्रयोग गरे कडा कारबाही हुने आयोगको भनाइ छ।उहाँका अनुसार हालसम्म १ सय ४२ देशले सूचना हक सम्बन्धि कानुन निर्माण गरेका छ्न।
राष्ट्रिय सूचना आगोगको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित कार्यालय प्रमुख,सूचना अधिकारी र संचारकर्मीहरुको उपस्थिती रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्