विभिन्न पार्टी परित्याग गरी प्युठानमा ५४ घरपरिवार एमालेमा प्रवेश

विभिन्न पार्टी परित्याग गरी प्युठानमा ५४ घरपरिवार एमालेमा प्रवेश

प्युठान,प्युठानमा विभिन्न पार्टी परित्याग गरि ५४ घरपरिवार नेकपा एमालेमा प्रवेश गरेका छन। नवप्रवेसीहरूलाई प्रतिनिधि सभा सदस्य एवम नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सुर्य थापाले बिहिबार  पार्टीमा स्वागत गर्नुभयो । नवप्रवेशीलाई पार्टिमा स्वागत गर्दै सांसद थापाले एमाले देश र जनताको हितमा काम गर्ने पार्टी भएको बताउँदै एमालेको लक्ष्यमा नवप्रवेशीहरूको योगदान महत्वपूर्ण हुने बताउनु भयो।एमाले प्युठानका निर्वाचन क्षेत्र समन्वय कमिटी प्युठान ‘क’ का संयोजक मोहम्मद हलिम हलुवाईले सरुमारानी -२, ढांडबाट २८ र माण्डबि गाउपालिका -४ उदयपुरकोटबाट २८ घरसहित ५४ घर परिवार एमालेमा प्रबेश गरेको  जानकारी दिनुभयो। कार्यक्रममा नेपाली कांग्रेस, माओबादी केन्द्रलगायत विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको हलिमले बताउनुभयो ।प्यूठान थापाको निर्वाचन क्षेत्र पनि हो।सांसद सुर्य थापा गत निर्वाचनमा कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चासहितको महागठबन्धनको उम्मेदवार दुर्गा पौडेललाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा विजयी हुनुभएको थियो ।  चुनाव जितेपछि थापा प्रत्येक महिनाजसो प्युठानी जनताको घरदैलोमा पुगेर भेटघाट गर्ने र उनीहरूका विभिन्न समस्याहरू समाधान गर्दै आउनुभएको छ। खरो तर खुला र स्पष्ट्र स्वभावका थापाले प्यूठानमा जनमोर्चाको किल्ला भत्काएपछि एमालेको बलियो संगठनको जग बसालिरहनुभएको छ ।