कोरोना कहर, वडा सदस्यको ठगिधन्दा

प्यूठान । कोरोना भाईरसका कारण विश्वनै चिन्तित भईरहेको बेला प्यूठान नगरपालिका वडा नं. ६ माझकोटमा जनप्रतिनिधिबाटै ठगिधन्दा चलेको पाईएको छ । कोरोना भाईरसका कारण स्थानिय बासिन्दा लकडाउनमा घरमै बसिरहनु पर्ने बाध्यात्मक परिस्थितिले पैसा उठाएर वडालाई चामल खरिद गरि ल्याईदिन चैत मसान्तमा अनुरोध गरेका थिए । वडा कार्यालयले वडा सदस्य इश्वर बहादुर पुनलाई प्यूठान वाग्दुला बजारमा गई चामल खरिद गरि बितरण गर्न जिम्मा दियो ।तर जनता द्वारानै निर्वाचित भएका वडा सदस्यलेनै उनै जनतालाई ठग्छन् भन्ने वडाबासीलाई के थाहा ? प्यूठान नगरपालिकाको ढुवानी खर्चमा उपभोक्ताको पैसा बोकेर चामल खरिद गरि ल्याईदिने जिम्मेवारी लिएका सदस्यले आफ्नै पसलमा रहेको गुणस्तर हिन चामल बितरण गरेको उपभोक्ताले आसंका गरेकाछन् ।

[add_block]

 बितरण गरिएको चामल कुहेर गन्हाउने भएको पाईएको छ । तर वडा सदस्यले प्यूठान वाग्दुला स्थित कक्षपति ट्रेडर्सबाट खरिद गरेको बताए पनि खरिद गरेको कुनैपनि प्रमाण छैन । कक्षपति ट्रेडर्सका प्रोप्राईटर एवम् प्यूठान उधोग बाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले पनि लक्ष्मी ब्राण्डको सर्जु चामल आफूले बिक्री नगर्ने बताए । सदस्य पुनले आफूले पसल गर्न थालेको बर्षौँ भएको र सबै सामान कक्षपती ट्रेडर्सबाटै खरिद गर्दै आएको बताउँदै चामल गुणस्तर हिन भएको खबर आफूले समयमै नपाएको बताए ।

[gallery]


वडा सदस्य ईश्वर बहादुर पुनको नेतृत्वमा बितरित चामल गुणस्तर हिन भेटिएपछि उपभोक्ताहरुले छानबिनका लागि वडा कार्यालयमा सामुहिक निवेदन पेस गर्दा खरिदकर्ता, ब्यापारी र उपभोक्ता बिच छलफल गरी समस्या सुल्झाउन निर्णय गरेको छ ।
तर छलफलका लागि वाग्दुला स्थित कक्षपति ट्रेडर्समाजाँदा आफ्नो पसलबाट खरीद नभएको भन्ने प्रतिक्रिया पाउँदा उपभोक्ता झन दुखी भएको स्थानिय उपभोक्ता मधुसुदन पोख्रेलले बताए । थप छानबिन गरि दोषी उपर कारबाहीकोमाग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने उपभोक्ताले बताएकाछन् ।

कोरोना कहर, वडा सदस्यको ठगिधन्दा

कोरोना कहर, वडा सदस्यको ठगिधन्दा


Click Here to Visit