गृहजिल्ला पुगेका साँसद थापाले गरे अर्खा-रजवारा जोड्ने झोलुङ्गे पुलको शिलान्यास 

गृहजिल्ला पुगेका साँसद थापाले गरे अर्खा-रजवारा जोड्ने झोलुङ्गे पुलको शिलान्यास 

सीता बि.क
प्युठान,गौमुखी गाउँपालिकाको अर्खा र रजवारा गाउँलाई जोड्ने जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुलको शिलान्यास भएको छ।
अर्खा र रजवारा गाउँलाई जोड्ने  ३ सय ६५ मिटर लामो र १ सय ८० मिटर अग्लो झोलुङ्गे पुलको बिहिवार  शिलान्यास गरिएको हो । दुई करोड ७२ लाख ७४ हजार रुपियाँ लागतमा निर्माण हुन लागेको  उक्त पुलको संघिय सांसद तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य सुर्य थापाले शिलान्यास गरेका छन्।

तस्वीर :  अर्खा-रजवारा जोड्ने झोलुङ्गे पुलको शिलान्यास गर्नु हुँदै संघिय सांसद तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य सुर्य थापा 


पुलको शिलन्यास गर्दै साँसद थापाले जिल्लाकै लामो र अग्लो आयोजनाको रुपमा रहेको यस झोलुङ्गे पुललाई समयमै गुणस्तरीय तवरले सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
०८१ जेठमा सम्झौता भएको यो पुल निर्माण गर्न अधिकारी/अपर तामाकोसी जेभीले ठेक्का पाएको सस्पेन्सन बृज डिभिजन पुलचोक ललितपुरले जानकारी दिएको छ।उक्त पुल आगामी २०८२ मंसिर सम्म पूरा हुने जनाइएको छ ।
रजबारा र अर्खा बीचमा पुल नहुँदा आवतजावत गर्ने सर्बासाधारण काममा निस्कने किसान तथा विद्यालय जाने विद्यार्थीहरुलाई ठूलो समस्या हुँदै आएको थियो।
यो पुलको निर्माण सम्पन्न हुँदा गाउँका सर्वसाधारणलाई आवत जावत गर्न सहज हुने र पर्यटन प्रबर्द्धनमा समेत टेवा पुग्ने स्थानीयको अपेक्षा छ ।