सीता बि.क
प्युठान,प्युठान झिमरुक गाउँपालिका वडा नम्बर ६ का रेशम सुनारले जातीय विभेद तथा छुवाछुत सम्बन्धी कसुर सम्बन्धीको मुद्दा दर्ता गराएका छन्।बुधवार विहान सो जातीय विभेद तथा छुवाछुत सम्बन्धी कसुर सम्बन्धीको मुद्दा दर्ता गराईएको हो।झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले आफुलाई जातीय विभेद गरेको भन्दै सुनारले मुद्दा मुद्दा दर्ता गराएका हुन्।
जिल्ला प्रहरी कार्यालय प्युठानको मुद्दा शाखाको दर्ता नं ७८ मा निज पोख्रेल विरुद्ध जातीय विभेद तथा छुवाछुत सम्बन्धी कसुर सम्बन्धीको मुद्दा दर्ता भएको प्रहरी नायब निरीक्षक पुर्ण बहादुर वलिले बताए।
उपाध्यक्ष पोख्रेलले जातीय विभेद गरेको आरोपको खण्डन गर्दै गत बिहीबार विज्ञप्ति सार्वजनिक गरि पालिकाले भाडामा लिएको गाडिको म्याद असोज मसान्तमा सकिएको र म्याद थपको लागि कार्यपालिकाले निर्णय गर्ने विषयमा आफ्नो नाम जोडेर राजनीतिक प्रतिशोध साधेर गाडी धनीले उक्त आरोप लगाएको बताएका छन् ।
उता झिमरुक गाउँपालिकाका अन्तर्गत उपाध्यक्षले प्रयोग गर्ने भाडाको गाडी चलाउँदै आएका पीडित सुनारले भने केही समय अगाडी पालिका उपाध्यक्ष र गाडी धनी विच भएको के हो थाहा भएन तर पालिका उपाध्यक्ष बाट कहिले पनि आफुलाई जातिय विभेद नभएको विभिन्न सन्चार माध्यममा प्रतिक्रिया दिएका थिए।
प्रतिक्रिया राख्नुहोस्