सीता बि.क
प्युठान,सरुमारानी गाउँपालिकाले आखाँ स्वास्थ्य उपचार केन्द्रको सुभारम्भ गरेको छ।पालिकामा आँखा उपचार केन्द्र सन्चालनमा आए सङ्गै यहाँका स्थानीहरु खुशी भएका छन्।
विभिन्न समस्याका कारण आँखाको उपचार गराउन महंगोमा जिल्ला बाहिर जानुपर्ने बाध्यतामा रहेका स्थानीय आफ्नै पालिकामा उपचार केन्द्रको स्थापना भएपछि गाउँमै सेवा पाइने भन्दै खुशी भएका हुन्।
अब आँखा उपचार सेवा सरुमारानी गाउँपालिका वडा नम्बर २ स्थित दर्भान बाट
यो भन्दा पहिले यहाँका स्थानीयवासीहरु आँखाको उपचारको लागि प्युठानको बिजुवार,दाङ्ग,भैरहवा,नेपालगन्ज तथा काठमाडौं जानुपर्ने बाध्यतामा रहेका थिए।यसका साथै कहिलेकाही गाउँमा हुने आँखा शिविरबाट पनि स्थानीयले सेवा पाउने गरे पनि उपचार केन्द्र नहुँदा समस्या थियो।
गाउँपालिकावासीलाई गाउँपालिकामै आँखा उपचार सेवा दिने उदे्श्यले काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा वडा नम्बर २ दर्भानमा एक समारोह बीच बुधबार आँखा उपचार केन्द्रको उदघाटन गरिएको हो।
आँखा उपचार केन्द्रका लागि गाउँपालिकाले भवन उपलब्ध गराएको छ भने तिलगंगा आँखा प्रतिष्ठानले उपचारका लागि आवश्यक उपकरण र प्राविधिक जनशक्ति उपलब्ध गराएको छ।लामो समयको प्रयास पछि सरुमारानी पालिकाबासिलाई आँखा उपचार केन्द्र मार्फत सेवा प्रदान गर्न सफल भएको सरुमारानी गाउँपालिकाका प्रवक्ता चिन्त सोमैले बताउनुभयो।
उहाँका अनुसार दर्भान स्थित उक्त आँखा सेवा केन्द्रबाट आँखा जाँच,चश्मा वितरण लगायतका सेवा प्रवाह हुनेछ,पहिलो बर्ष ५०-५० प्रतिशत साझेदारीमा दोस्रो बर्ष गाउँपालिकाको ७५ प्रतिशत र तिलगंगा आँखा प्रतिष्ठान केन्द्र २५ प्रतिशत साझेदारी रहनेछ। भने तेस्रो वर्षपछि आँखा उपचार केन्द्रमा प्रयोग भएको उपकरण पालिकालाई नै हस्तान्तरण गर्ने छ।साथै त्यहाँको जनशक्ति व्यवस्थापन,उनीहरुको पारिश्रमिक लगायत सबै जिम्मा पालिकाको हुने सरुमारानी गाउँपालिकाकाले गर्नेछ।
सरुमारानी गाउँपालिका उपाध्यक्ष बसन्ता खड्काले आफ्नै गाउँ–ठाउँबाट आँखा उपचार सेवा लिन पाउने आम नागरिकको चाहना पूरा भएकोमा प्रसन्नता व्यक्त गर्नुभयो।
उपचार केन्द्रको लागि आफुहरुले आवश्यक विभिन्न सहयोग गर्ने उहाँको भनाई छ।
त्यस्तै सरुमारानी गाउँ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देबिराम पाठकले पालिका बाहिर पुगेर लिनुपर्ने आँखा उपचार सेवा दर्भान बजारबाटै पाउनु सरुमारानीका जनताका लागि लाभको विषय भएको बताउनुभयो।
उहाँका अनुसार आँखा सम्बन्धी प्रवर्द्धनात्मक,प्रतिरोधात्मक र अनुसन्धानमुलक कार्यक्रम पनि सन्चालन हुने छ ।
तिलगंगा आँखा प्रतिष्ठानले स्थानीय पालिकाहरुसँगको सहकार्यमा विभिन्न पालिकामा आँखा उपचार केन्द्र स्थापना गर्दै आएको छ ।
उद्घाटन कार्यक्रममा सरूमारानी गाउँपालिका उपाध्यक्ष बसन्ता खड्का,वडा नम्बर २ का वडा अध्यक्ष भानुभक्त भुषाल,वडा नम्बर ४ का वडा अध्यक्ष तथा सरुमारानी प्रवक्ता चिन्त सोमै,प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक कार्यपालिकासदस्यहरू,वडा सदस्यहरू,गाउँपालिका स्वास्थ्य शाखाका पब्लिक हेल्थ नर्स सृजना नेपाली,सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शालिकराम पौडेल,बजार व्यवस्थापन समितिका अध्यक्ष नवराज भण्डारी,वडा सचिव जीवन डिसि लगायतकाे उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्