अनेरास्ववियु (क्रान्तिकारी)लुम्बिनी प्रदेशको अध्यक्षमा शर्मा

अनेरास्ववियु (क्रान्तिकारी)लुम्बिनी प्रदेशको अध्यक्षमा शर्मा

सीता बि.क
प्युठान,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)लुम्बिनी  प्रदेशको अध्यक्षमा पुष्कर शर्मा चयन भएका छन्।
भाद्र २७ र २८ गते दाङको घोराहीमा सम्पन्न अनेरास्ववियुको प्रदेश अधिवेशनले शर्माको नेतृत्वमा पदाधिकारी सहित ६१ सदस्यीय निर्विरोध नयाँ कमिटी गठन गरेको हो ।
उपाध्यक्षमा गिरबहादुर महरा,प्रतिक अधिकारी,कपिल चापागाँइ,उपाध्यक्ष(महिला) मीना डाँगी,उपाध्यक्ष  सपन पौडेल,उपाध्यक्ष -रमेश पाण्डे उपाध्यक्ष(समावेशी) मदन घर्ती,प्रमुख सचिव महेश बस्नेत,सचिव -ललित बहादर विष्ट,सचिव(समावेशी) जयकुमार श्रेष्ठ,सचिव(महिला) सन्ध्या पाण्डे कोषाध्यक्ष  मदन रावल चयन भएका छन् ।

तस्बिर :अनेरास्ववियु (क्रान्तिकारी)लुम्बिनी प्रदेशको नव निर्वाचित टिम


अबको बिध्यार्थी आन्दोलनको मुख्य कार्यभार नै प्रगतिशील शैक्षिक प्रणाली मार्फत मुलुकलाई बिकसीत र सम्बृद्ध बनाउनु नव निर्वाचित अध्यक्ष शर्माले बताए।
उनका अनुसार विद्यार्थी आन्दोलन सत्ताको पक्षपोषणको गलत दिशातिर प्रवेश गरेको छ,विकृतिको गहिरो पोखरीमा चुर्लुम्म डुबेको छ,विद्यार्थी संगठनले विश्व विद्यालयको पढाइको गुणस्तर बिगारेका छन,संगठनको नेतृत्वको नाममा विभिन्न ठेक्कापट्टा लागि स्रोत र साधन निजी बनाएका छन् यस्ता बिकृतिका बिरुद्धमा निरन्तर अगाडी बढ्ने उनले प्रतिबद्धता जनाए।
समाजबादउन्मुख गुणस्तरीय शिक्षा प्राप्ति दिशातिर लम्कनुपर्ने विद्यार्थी आन्दोलन अहिले पुरै नकारात्मक विम्ब बन्दै गएको तिखो टिप्पणी सुनिन थालेकोले यस्ता समस्याको पहल लिदै परिणाम निकाल्ने अपेक्षासहित आफ्नो नेतृत्वको कार्यभार रहने उनको भनाई छ। 
हरेक चरणमा बिध्यार्थी आन्दोलनको एक कुशल अभियन्ता,सामाजिक -सास्कृतिक रुपान्तरणको सवाल र शैक्षिक सुधारको सवालमा अबिछिन्न अगाडि बढेका शर्मा अधिबेशन भन्दा अगाडी अनेरास्ववियु (क्रान्तिकारी) प्युठान जिल्ला इन्चार्जको जिम्मेवारीमा थिए भने उनमा अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रिय कमिटीमा बसेर काम गरेको अनुभव छ।