आहा! सबैको आकर्षक तथा मनमोहक प्युठान जिल्लाको झिमरुक फाँट

राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्लाको सबैभन्दा ठूलो र सुन्दर फाँटको रूपमा रहेको झिमरुक फाँट जिल्लाकै अन्न भण्डार हो।प्यूठान नगरपालिका–८,गेजबाङबाट खैरासम्मै ठूल्ठूला फाँट छन्।दाङको भालुवाङबाट पहाडैपहाडको बाटो छिचोल्दै प्यूठान आउने जो कोहीको पनि पहिलो नजर झिमरुक फाँटमा पर्छ।जुन ठाउमा बाहिरका मानिसहरू पुगेपछि त्यसको दृष्य बाट आनन्द लिन सक्दछन।समथर फाटको माथितर्फ रहेका बस्तीहरूले दिने मनोरम प्राकृतिक सौन्दर्यता,आकर्षक भूबनोट सन्तुलित हावापानीको वातावरणले प्युठान जिल्लामा पुग्ने जो कोहिलाई पनि आकर्षण गराउदछ।

तस्बिर : अत्यन्तै आकर्षक र मनमोहक झिमरुक फाट प्युठान नगरपालिका वडा नम्बर १ खैरा 


कलकलाउँदै बग्ने झिमरुक नदी र यसको दायाँ-बायाँ बनेको फाँट देख्दा प्यूठान आउने आगन्तुक लोभिन्छन्।तर,फाँटबाट प्यूठानीले धेरै फाइदा लिन सकेका छैनन्।
जिल्ला स्थित स्थानीय सरकारले पनि फाँटबाट फाइदा लिने योजना बनाउन सकिरहेका छैनन्।कयौं फाँटको बीचमा बाँझो खेत बढ्दो छ भने केही भागमा घर निर्माण गरिएको छ।
फाँटमा भइरहेको यस्तो अव्यवस्थित बस्ती विकासले क्रुप बन्दै गएको उक्त फाँट संरक्षण गर्न तर्फ नत जिल्लाका स्थानिय सरकारले व्यवस्थित कार्ययोजना बनाउन सकेका छन न त यहाँका सरोकारवाला निकायको चासो छ।’
जिल्लाको पहिचानसँग जोडिएको झिमरुक फाँट अहिले मासिंदै गएकोमा अगुवा चिन्तामात्र व्यक्त गर्छन्।तर,पहलकदमी लिंदैनन्।

उपमेर

देवेन्द्र वर्मा

प्युठान नगरपालिका,प्युठान 

"स्थानीय सरकारको एकल प्रयासले मात्र झिमरुक फाट नियन्त्रण गर्न गाह्रो छ,झिमरुक फाट कटानको उच्च जोखिम र दिनानुदिन बस्ती बिकास नियन्त्रणमा माथिल्ला सरकार बाट समेत योजना तय हुन आबश्यक छ।"


प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्माले जिल्लाकै महत्वपूर्ण आकर्षण केन्द्र बनेको झिमरुक फाटमा बर्सेनि हुने कटानको दिगो नियन्त्रणका लागि झिमरुक नदि प्रभावित स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
ग्रामिण क्षेत्रबाट बसाई सराई गरि उक्त क्षेत्रमा घडेरी  किनबेच गरि अव्यवस्थित घर निर्माण गर्नेहरुको संख्या बढ्दो छ,स्थानीय सरकारको एकल प्रयासले मात्र झिमरुक फाट नियन्त्रण गर्न गाह्रो छ उपमेयर वर्माले थप्नुभयो“झिमरुक फाट कटानको उच्च जोखिम सहित दिनानुदिन बस्ती बिकास नियन्त्रणमा नगरपालिका सहित माथिल्ला सरकारहरूसँग समन्वय गरेर प्युठान नगरपालिका वडा नम्बर ८ दम्ती देखि प्युठान नगरपालिका वडा नम्बर १ खैरा सम्म करिब १२ किलोमिटर क्षेत्र बर्सेनि तटबन्धमा खर्च गरिएको छ।”उहाँका अनुसार हाललाई नयाँ घर निर्माणमा रोक लगाइएको छ।