सीता बि.क
प्युठान,महिला पत्रकारहरुकाे संस्था सन्चारिका समुह नेपाल प्युठान गठन गरिएको छ।
प्युठानको संचार क्षेत्रमा महिलाहरुको सहभागिता बढेको भएपनि पत्रकार महिला आबद्द सस्था सन्चारिका समुह स्थापना हुन नसकेकोले शनिवार जुम्रीमा बसेको महिला सञ्चारकर्मीहरूको भेलाले राधिका भुसालको अध्यक्षतामा सञ्चारिका समूह प्युठान जिल्ला समितिको गठन गरेको हो।
समितिको उपाध्यक्षमा पुनः ब्यबस्थापन गर्ने गरि सचिवमा सीता बि.क, कोषाध्यक्षमा स्मृति घर्ती मगर चयन हुनुभएको छ। यस्तै समितिको सदस्यहरूमा सिर्जना सेन,शुसिला बुढा मगर,प्रतिभा कुवर,बबिता रिजाल,गोमा घर्ती चयन भएका छन् । त्यस्तै सल्लाहकारहरुमा दिपा पौडेल र शिवा रेग्मी रहनुभएको छ।उक्त नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।
तस्बिर :जिल्लामा सञ्चारिका समुह गठन पश्चात् सामुहिक तस्बिर
भेलालाई सम्बोधन गर्दै सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले नबगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
उहाँले समाजमा महिलाका मुद्दा मिडियामा ल्याउन , लैङ्गिक समता स्थापित गर्न,तथा ३ तहका सरकारको लैङ्गिकमैत्री निति कार्यान्वयन गर्न गराउन यसले मद्धत पुग्ने बताउनुभयो ।
अध्यक्ष अनमोलले गुणस्तरीय,विश्वसनीय र खोजमूलक समाचार प्रकाशन तथा प्रशारणमा ध्यान दिन समेत आग्रह गर्नुभयो ।
त्यस्तै नवगठित कार्यसमितिलाई बधाई सहित शुभकामना दिदै नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश सस्थापक महिला उपाध्यक्ष दिपा पौडेलले महिलाहरु सन्चार माध्यममा आबद्ध भएपनी महिला भएकै कारण अवसरबाट बञ्चित हुनुले पत्रकार महिला पत्रकारितामा टिक्न नसकिरहेको बताउनुभयो।
विवाह पश्चात महिलालाई पत्रकारिता गरिरहन समस्या भएको यथार्थता झल्काउदै आफ्नो अधिकार प्राप्तिका लागि महिला पत्रकार एकजुट हुन आग्रह गर्दै उहाँले भन्नुभयो -"पत्रकारिताबाट महिलाले समाज रुपान्तरण गर्न सक्छन् त्यसैले क्षमतावान महिला पत्रकारलाई पत्रकारिता पेशामा टिकाइ राख्न समाज तथा परिवारलाई सचेतीकरण गर्न आवश्यक छ।"
महिला लाई मिडियाको मूलधारमा टिकाइ राख्न महासंघले भूमिका निर्वाह गर्नुपर्ने पौडेलको भनाई छ।
जुम्रीको एक होटलमा आयोजित उक्त कार्यक्रमको सहजीकरण सन्चारिका समूह लुम्बिनी प्रदेशकी कोषाध्यक्ष उषा किरण पन्थले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्