बित्तीय प्रगति सार्वजनिक गर्नेमा प्युठान जिल्लाकै पहिलो स्थानीय तह बन्यो सरुमारानी,वित्तीय प्रगति: ९०.६२ प्रतिशत

बित्तीय प्रगति सार्वजनिक गर्नेमा प्युठान जिल्लाकै पहिलो स्थानीय तह बन्यो सरुमारानी,वित्तीय प्रगति: ९०.६२ प्रतिशत

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान जिल्लाको सरुमारानी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ९०.६२ प्रतिशत वित्तीय प्रगति गरेको छ। गाउँपालिकाले गत आर्थिक वर्षमा कुल ४४ करोड १५  लाख २८  हजार ३०७ रुपैयाँ  बराबरको बजेट ल्याएको थियो।
चालुतर्फकाे बजेट ३२ करोड २० लाख १३ हजार विनियोजन गरिएको थियो।जसमा २६ करोड ८२ लाख ९० हजार ४ सय ५० रुपैयाँ खर्च अर्थात (८३.३२) प्रतिशत भएको छ।त्यस्तै सरकारको सर्वत्र चासोमा रहने पुँजीगत तर्फ विनियोजन भएको ११ करोड ९५  लाख १५ हजार रुपैयाँ मध्ये ८ करोड ३४ लाख ५८ हजार ४४३ रुपैयाँ अर्थात (६९.८३) प्रतिशत  खर्च गर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देविराम पाठकले जानकारी दिनुभयो।राजनितिक नेतृत्वको सहयोग र कर्मचारी प्रशासनको मेहनतले यो सफलता हासिल भएको प्रतिक्रिया दिदैं प्रशासकिय प्रमुख पाठकले भन्नुभयो,’राजनितिक नेतृत्वको चासो र सहयोगका साथै कर्मचारीहरुको टिमवर्क,मेहनत,कामप्रतिको लगाव र कानुनको परिपालना गर्दा यो सफल्ता मिल्यो।’ 
जिल्लाका ९ वटा स्थानीय तह मध्ये सरुमारानी गाउँपालिकाले मात्रै आफ्नो वित्तिय प्रगती सार्वजनिक गरेको छ ।