राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्लास्तरका उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
२१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा प्युठान जिल्लाका कृषकहरुले गरेका असल कामको श्रव्यदृष्य सामग्रीहरु प्रदर्शन गर्दै कृषिको विभिन्न विधाका उत्कृष्ट १३ जना कृषकहरुलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको हो।
सम्मान सहित पुरस्कृत हुनेहरुमा गौमुखी गाउँपालिका–३ का किसान वर कुमार न्यौपाने ,प्युठान नगरपालिका - ८ का बिपना भण्डारी,माण्डबी गाउँपालिका- ५ टोपाराम आचार्य,प्युठान नगरपालिका -सन्तोष जि सि,प्युठान नगरपालिका -१० हुकुम बहादुर के सि, प्युठान नगरपालिका -८ माधबा गिरी, गौमुखी गाउँ पालिका-६ पदम बहादुर के सि,प्युठान नगरपालिका-४ भिम बहादुर थापा मगर, लोकराज पोख्रेल प्युठान नगरपालिका -३, बालिका भण्डारी मल्लरानी गाउँपालिका - ४,मुक्ती पोख्रेल प्युठान नगरपालिका -३,भुप बहादुर धामी प्युठान नगरपालिका -१ र पुर्ण बहादुर घर्तिमगर स्वर्गद्वारी नगरपालिका -९ बाट कृषक लाई सम्मान गरिएको कार्यालय प्रमुख चुमान गिरीले जानकारी दिनुभयो ।
पुरस्कार प्रदान गर्दै जिल्ला समन्वय समितिका प्रमुख धर्म जि सि ले कृषकको समस्या समाधानका लागि पहल गर्न आफू सधैँ तत्पर रहेको बताउनुभयो। उहाँले कृषकको मिहिनेत र परिश्रमले देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन सकिने भन्दै किसानलाई प्रोत्साहन गरेकोमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाईलाई धन्यवाद दिनुभयो ।
व्यावसायिक कृषि पेसालाई सम्मानित बनाउन र कृषकको मनोभावना उच्च राख्न यस्ता रचनात्मक कार्य स्थानीय तहले पनि गर्नुपर्ने प्रमुख जिल्ला नारायण प्रसाद अर्यालले बताउनुभयो । कृषि पेसालाई जोगाइ राख्न, कृषकलाई आत्मनिरर्भर बनाउन तथा युवालाई कृषि क्षेत्रमा आकर्षित गराउन कृषिसम्बन्धी दिगो नीति तथा योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
यसैबीच प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई र एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय प्युठानद्वारा आयोजना गरिएका विभिन्न किसिमका कृषि सम्बन्धी कार्यक्रमहरुमा जिल्ला प्रहरी कार्यालय प्युठानले गरेको समन्वय तथा सहकार्यका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वर थापालाई समेत सम्मान पत्र प्रदान गरिएको थियो ।
प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई प्युठान तथा एकीकृत कृषि तथा पशुपन्क्षी बिकास कार्यालय को संयुक्त र जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा प्रभात सक्रिय महिला कृषक समुहको सहकार्यमा प्युठान नगरपालिका वडा नम्बर ८ गेजबाङ्गमा शनिबार धान रोपिएको हो । उक्त अवसरमा बालबालिका,युवा–युवती,कर्मचारी,पत्रकार जनप्रतिनिधिदेखि पाका सम्मले धान रोपेका छन् ।
जलवायु परिवर्तनले धान तथा कृषि उत्पादनमा विभिन्न किसिमका समस्या र चुनौतीहरु थपिएकाले धान रोपाई सङ्गै धानमा लाग्ने किरा र उम्रने अनावश्यक झारको समाधानको लागि माछा र हाँस खेतमा छाड्न सकिने, जसले गर्दा धान उत्पादनमा वृद्धि हुनुका साथै माछा र हाँसबाट समेत आयआर्जन गरी दोहोरो लाभ लिन सकिने भएकाले धान खेतमा माछा एवं हाँस पालन शुभारम्भ” कार्यक्रम संचालन गरिएको थियो । धान रोपिएको खेतमा माछाका भुरा र हाँसका बच्चाहरु छोडिएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख चुमान गिरीले धान हरेक नेपालीको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनसँग गाँसिएकोले जन्मेदेखि मृत्युसम्मका कर्ममा तथा वर्षभरि मनाइने विभिन्न चाडपर्वमा समेत धानको प्रयोग अपरिहार्य हुने भएकाले धान हाम्रो खाद्यान्नमात्र नभएर संस्कृतिको धरोहर रहेको बताउनुभयो।
उहाँका अनुसार मुलुकको कुल ग्राहस्थ्य उत्पादनमा करिब २४ प्रतिशत कृषिको योगदान रहेकामा कृषि क्षेत्रका ग्राहस्थ्य उत्पादनमा धानको धानको योगदान ५/६ % रहेको छ।
जिल्लामा मा भात खाने जनसंख्या वृद्धिको तुलनामा धानको उत्पादकत्व (उत्पादन क्षमता) वृद्धि निकै कमजोर बनेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख चुमान गिरीले बताउनुहुन्छ।
एकातर्फ भात खाने जनसंख्यामा वृद्धिले चामलको औसत खपत बढ्दै गएको छ भने उन्नत बीउ,प्रविधि र धान खेती विकास राष्ट्रिय प्राथमिकताको विषय नबन्दा खेती गर्ने किसान र धान खेती हुने क्षेत्रफल ठूलो मात्रामा घट्दै गएको उहाँको भनाई छ।
उहाँका अनुसार अहिलेकै अवस्थामा पनि जिल्लामा वार्षिक ११ हजार मेटरिक टन हाराहारी धान चामलमा परनिर्भर छ । जिल्लामा १ हजार ५ सय मेटृरिक टन उत्पादन भएपनी ९ हजार ५ सय मेटृरिक टन धानको आबश्यकता पर्छ। त्यो पूरा गर्ने उद्देश्य सहित कृषिलाई आधुनिकीकरण गर्न यान्त्रिककरणमा जोड दिँदै उत्पादन बढाउन बिगत देखि ४ सय बाट सुरु गर्दै हाल २६ सय रोपनीमा चैते धान उत्पादनमा तर्फ किसान लाई आकर्षण गर्दै यस बर्ष मात्र १३ सय रोपनी थप गरिएको छ।
तस्तै पशुपंक्षि विकास कार्यालयका प्रमुख उमेश चन्द्र पशुपंक्षि विकास कार्यालयका प्रमुख उमेश चन्द्र श्रेष्ठले नेपाल कृषि प्रधान देश हो भनी हामी नेपालीहरुले गर्व गर्ने गरेता पनि नेपालमा कृषिको अवस्था निरन्तर ओरालो लागिरहनु दुखद रहेको उल्लेख गर्दै त्यस्तो हुन नदिनका लागि कृषि उत्पादनको वृद्धिका लागि यसको आधुनिकीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो।
युवाहरुलाई वैज्ञानिक ढंगबाट कृषि पेशामा आउनका लागि प्रेरित हुने खालका गतिविधिलाई बढावा दिनुपर्ने उहाँको भनाई छ।
प्रतिक्रिया राख्नुहोस्