सीता बि.क
प्युठान,नीति तथा कार्यक्रम र बजेट पास गर्दै सरुमारानी गाउँपालिकाको गाउँ सभा सम्पन्न भएको छ । गाउँ पालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास भएको गाउँपालिका अध्यक्ष झक बहादुर बिश्वकर्माले बताउनुभयो।
गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित आय व्ययसहितको कुल ४० करोड ३६ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट पास गरेको छ।सोमबार गाउँ सभा मार्फत गाउँपालिकाका उपाध्यक्ष बसन्ता खड्काले आन्तरिक आय संगै अन्तर सरकारी वित्तीय हस्तान्तरण,केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी गाउँपालिकाको आर्थिक वर्षको बजेट विनियोजन गर्नुभएको हो।
यस्तो व्यवस्थापन अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फको संघ र प्रदेश सरकारबाट प्राप्त हुने रकम कूल जम्मा २८ करोड ५० लाख २५ हजार रुपैयाँ,कुल बजेट अन्तर्गत पुजिंगत तर्फ रु. ८ करोड ८९ लाख ३६ हजार रुपैयाँ अर्थात २२.०३ प्रतिशत र चालू तर्फ रु. ३१ करोड ४७ लाख ०८ हजार रुपैयाँ अर्थात ७७.९७ प्रतिशत वजेट विनियोजन गरिएको छ।
यसरी आगामी आ.व. २०८१/०८२ को सरुमारानी गाउँपालिकाको जम्मा कुल वार्षिक बजेट रु.४० करोड ३६ लाख ४४ हजार रुपैयाँ रहने प्रक्षेपण गरिएको छ। गाउँपालिकाले आजै गाउँ सभामार्फत पारित गरेको आर्थिक वर्षको नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि यस पटक बजेटको मुख्य प्राथमिकताका क्षेत्रहरुमा कृषि,शिक्षा,स्वास्थ्य,रोजगारी,पर्यटन बिकास,उद्घमशिलता बिकासखानेपानी,सडक र निजी क्षेत्रको विकासको समेत लक्ष्य राखेको छ।
प्रतिक्रिया राख्नुहोस्