सरुमारानीमा उद्यमशीलता सम्बन्धी ८ दिने तालिम सुरु

अजय बि.क
प्युठान,सरुमारानी गाउँपालिका वडा नं.१ मा गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत ८ दिने"व्यवसाय सचेतना शुरू तथा लैङ्गकि समानता सम्वन्धी ८ दिने तालिम" सुरु भएको छ।
वडा नं. १ का अध्यक्ष नर बहादुर घर्तिको अध्यक्षता सरुमारानी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा प्रवक्ता चिन्त बहादुर सोमै मगर को प्रमुख आतिथ्यतामा तालिम सुरु भएको हो । 
तलिममा व्यवसाय सचेताना लैङ्गिक समानताका विषयमा समेत तालिम दिइने भएको छ।
तालिमको उद्घाटन समारोहमा बोल्दै गाउँपालिका प्रवक्ता चिन्त सोमैले बेरोजगार अवस्थामा रहेका वडाबासीहरूलाई गाउँ गाउँमा नै स्वरोजगार बनाउने हेतुले तालिम सुरु गरिएको बताउनुभयो ।उद्यमशीलता विकास तालिम अन्तर्गत व्यवसाय गर्न कठिनाइ भएका व्यवसाय कसरी गर्ने,व्यवसाय सुरुवात गर्ने तरिका,व्यवसायबाट नाफा आर्जन गर्ने तरिका,व्यावसायिक योजना बनाउने तरिका उत्पादन बढाउने,उत्पादित वस्तुको बजारीकरण कसरी गर्ने र वस्तुको मूल्य राम्रो पाउने,व्यवसायबाट नाफा आर्जन गर्ने तरिका लगायतका बिषयबस्तुहरू सिकाइनेछ। 
तालिममा ३२ जनाको सहभागिता रहेको छ । तालिम पस्चात आफैमा आत्मनिर्भरता कसरी बन्न सकिन्छ भने कुरामा थप टेवा पुग्ने पुग्नेछ। भौतिक विकाससँगै मानिसको व्यवहार परिवर्तन र कार्यशैलीको सुधार ल्याउन उक्त तालिमले सहयोग पुग्ने बताइएको छ।
तालिम आजबाट सुरु भइ ८ दिनसम्म संचालन हुने उक्त तालिममा ३२ जनाकाे सहभागीता रहेकाे छ भने तालिमकाे सहजिकरण उद्यम विकास सहजकर्ता सीता बि क ले गर्नु हुनेछ ।
वडा अध्यक्ष नर बहादुर घर्ती काे अध्यक्षतामा सुरु भएको तालिममा वडा सदस्य मिना विश्वकर्मा र वडा सदस्य शारदा रानाकाे आतिथ्यता रहेको थियो।