सीता बि.क
प्युठान,६७ औं राष्ट्रिय सहकारी दिवस मंगलबार ‘सहकारिमा सुशासन प्रबिधी र एकीकरण भन्ने नाराका साथ दिवस मनाइएको छ।
जिल्ला सहकारी संघ प्युठानले विभिन्न कार्यक्रमको आयोजना गरी सहकारी दिवस मानईएको जिल्ला सहकारी संघ प्युठानका अध्यक्ष सुशील पोख्रेलले जानकारी दिनुभयो।
जिल्ला भित्र रहेका सबै प्रकृतिका सहकारी संघ-संस्थाहरुको विकास र प्रर्बद्धन गर्ने उद्देश्यले स्थापना गरिएको संघले आफ्ना सदस्य संस्थाहरुको विकास र प्रर्वधनका लागि सदस्यहरुमा सेवा प्रदान गर्दै सहकारी संस्थालाई ब्यवसायिक रुपमा प्रतिस्पर्धात्मक बनाउन संघ क्रियाशिल रहेको अध्यक्ष पोख्रेलले बताउनुभयो।
उहाँकाअनुसार सहकारी शिक्षा,तालिम,सूचना र क्षमता विकासका कार्यक्रमलाई प्रत्येक सहकारी संस्थाहरुमा पुर्याउनु अनिवार्य ठानी यस क्षेत्रको विकास र प्रर्वधनका लागि संघले सरोकारवाला निकायहरुसंग सहकार्य गरी विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
बिजय फुलफुबारी बचत तथा ऋण सहकारी सस्थाका ब्यबस्थापक प्रकाश बैद्दले आत्मनिर्भर अर्थतन्त्रको विकास र न्यायपूर्ण समाज स्थापनाको परिकल्पनाको ध्येयले सुरुवात भएको सहकारी अभियानले विश्वब्यापि आकार लिएको समिक्षा गरी सहकारी स्थापना गर्ने सस्थापकहरुलाइ सम्झदै स्थापनाको यो शुभ दिनमा सहकारिकर्मिहरु बिच दिवशको औचित्य रहने बताउनुभयो।
सहकारीको विश्वव्यापी चरित्रको कारण हरेक क्षेत्र तथा वर्गका व्यक्तिमा सहकारी प्रतिको आकर्षण बढ्दो छ,ब्यबस्थापक बैद्दले भन्नुभयो।"सामाजिक न्याय र आर्थिक सशक्तिकरणका लागी सहकारीताको माध्यमबाट बिभिन्न व्यवसायिक गतिविधिहरुको विस्तार भैरहेको छ।"
त्यस्तै कोणशभालाई सम्बोधन गर्दै संघका सल्लाहकार लोक बहादुर बस्नेतले राज्यले सहकारीलाई सकारात्मक दृष्टिले मात्र हेरिदिए पुग्ने बताउनुभयो।
साथै सहकारी जति सबैले बद्मासी गर्छन भन्न उचित नहुँने दावी गर्नुभयो।
सहकारी मार्फत देशको विकासमा सहकारीकर्मीलाई लगाउन सके विकासले छोटो समयमा ठूलो फड्को मार्ने उहाँको भनाई छ।
वि.सं.२०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।
बखानपुर नेपालकै पहिलो सहकारी संस्था हो। हाल नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी ३० हजार बढी सहकारी संस्था छन्।नेपाल सरकारले तीनखम्बे अर्थनीति अंगालेको छ,त्यसमध्ये एक सहकारी पनि हो ।
दिवसको अवसरमा मंगलबार बिहान जुम्री बाट बिजुवार मित्रमणी चोकमा प्रभातफेरि आयोजना गरिएको थियो। भने उक्त कार्यक्रममा विभिन्न जिल्ला स्थित सहकारी सस्था तथा सहकारिकर्मिहरुको सहभागिता रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्