जोन कार्यक्रम मार्फत प्युठानको राजमा काठमाडौ निर्यात हुन थालेपछि कृषिप्रति हौसिए कृषक

जोन कार्यक्रम मार्फत प्युठानको राजमा काठमाडौ निर्यात हुन थालेपछि कृषिप्रति हौसिए कृषक

राम बहादुर बिश्वकर्मा
प्युठान,तरकारी जोन र धान जोनमा प्रशिद्धी कमाएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मार्फत तरकारी बिउ जोन संचालन भएपछि यस जिल्लाका कृषकहरु झनै उत्साहित भएका छन।
कार्यालयको प्राबिधिक सहयोग तथा सहजीकरणमा किसानको बीउ बिक्रीको ग्यारेन्टी सहित कृषकले उत्पादन गरेका बिउको बजारीकरण जोन कार्यालयले गर्न थालेपछि कृषकहरु कृषि प्रति हौसिएका हुन।प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजनाका कार्यालय प्रमुख चुमान गिरीले कृषि उत्पादन र कृषि पेसालाई व्यवसायीकरण गर्दै कृषकहरूको आर्थिक स्थिति सबल तुल्याउने उद्देश्यले संचालित बिउ उत्पादन जोन कार्यक्रम मार्फत उत्पादन भएको २० क्विन्टल राजमा र सिमीको उन्नत बीउ बिक्री गरिएको जानकारी दिनुभयो।

तस्बिर: कृषक सङ्ग प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका प्रमुख चुमानसिह गिरी 

उहाँका अनुसार पहिलो चरणमा राजमाको बीउ काठमाडौं पठाएका छौं भने सिमीको बीउ जिल्ला भित्र र जिल्ला बाहिर गरी बीउ कम्पनी,एग्रोभेट एबम् सहकारी संस्थाहरु मार्फत करार सम्झौता गरि प्रति के जी २६० का  दरले बिक्री भैरहेको छ।भने मुलाको बिउ फूल फुलेर कोशा लागेको अवस्था छ।
बिउ उत्पादन गर्ने किसानलाई प्रत्यक्ष तालिम,प्रविधि,उपकरण दिएर सहयोग गरेको छ ‘पुरानो पद्धति र बिउसम्बन्धी परम्परागत धारणा रहेका किसानमा उन्नत बिउ उत्पादन गरेर उत्पादकत्व कसरी बढाउने भन्ने बारेमा कार्यालयले बिउ उत्पादनमा प्रत्यक्ष निगरानी र सहयोग गर्दै आएको गिरी बताउनुहुन्छ।उक्त कार्यक्रम ऐरावती गाउँ पालिकाको वडा नम्बर २ हरियाटारी,प्युठान नगरपालिका वडा नम्बर १ धाइरेचौर,झिमरुक गाउँपालिका आहालखोलामा संचालित छ।कार्यक्रम मार्फत स्थानीयहरुले उन्नत मुल बिउमा अनुदानका साथै बिभिन्न तालिम,भ्रमण तथा अन्य प्रबिधीमा र बिउ बजारीकरण सहयोग सहयोग पाउदै आएको यहाँका कृषकहरुको भनाई रहेको छ । 
यस कार्यक्रम मार्फत उन्नत मुलबिउका साथै तरकारी बिउको क्षेत्रमा काम गर्ने ब्यक्ति तथा समुहलाई बिउमा अनुदान,थोरै जनशक्तिले पनि धेरै र छिटो काम गर्न सक्ने थ्रेसर, हाते ट्याक्टर र ग्रेडिङ मेसिनहरु अनुदानमा दिदै आएको छ।

तस्बिर: ऐरावती गाउँपालिका वडा नम्बर २ हरियाटारिमा कृषकले उत्पादन गरेको राजमा