राम बहादुर बिश्वकर्मा
प्युठान,विद्यार्थीको मुहार मलिन भयो।गहभरी आँसु चुहाउँदै बिध्यार्थी,शिक्षिक अभिभावक रोए।गलामा खादा र फूलको माला।आइतबार प्युठान नगरपालिका २ स्थित जानकी माध्यामिक विद्यालयका प्रअको बिदाइले सबैजना भावुक बने।
बिध्यालयका प्र अ बामदेब पोख्रेलको विदाई कार्यक्रममा सम्पुर्ण शिक्षक शिक्षिका तथा बिध्यार्थी अभिभावक भावुक भएका थिए । टिका खादा,माला एव विभिन्न गिप्ट दिदै उनीहरु भावुक बनेका हुन।
दुई दशकको नेतृत्व त्याग्दै बामदेव पोख्रेलले बिदाई मन्तब्यका लागि जब रोष्टममा पुगे,तब आफू पनि नियन्त्रण हुन सकेनन् उनका आँखा र्समेत रसाउन पुगे। मन्चमा उपस्थित अतिथी र प्रङ्गणमा रहेका बिध्यार्थी र अभिभावक समेत आसर्य चकित नै भए र धेरै समयपछि उनले भने,‘मैले विद्यालयलाई जोगाएजस्तै अब जिम्मेवारी लिनुहुने सरले जोगाउनु होला।’
यहाँको सस्थापक नगर प्रमुख,बर्तमान नगर प्रमुख, शिक्षक सहकर्मी,बिध्यालय ब्यबस्थापन समिती सदस्यहरु,राजनीतिक तथा प्रशासनिक नेतृत्व,कर्मचारी र आम अभिभावकको साथ र सहयोगमा नै सम्झदै उबेलाको जानकीबाट अहिले जानकी हुन सफल भएको हो।उनले भने-" बिध्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि प्रत्यक्ष,अप्रत्यक्ष रुपमा मेरो साथ र सहयोग अबश्य रहने छ।
सम्पूर्ण सहकर्मी साथिहरुको सद्भाव माया स्नेहका कारण म विवाद रहित ढङगबाट विदाई भएको छु,‘उनले भने, ‘मेरो अब रिटायर जिवन समाजसेवामा लगाउँछु।’ प्र अ पोख्रेलले जागिरे जिवनमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति आभार प्रकट गरेका छन।
शिक्षण पेशामै रहदा उनले शैक्षिक सुधारमा उल्लेख्य भूमिका निर्वाह गरे।जानकी माध्यामिक बिध्यालयको प्र अ हुँदा शैक्षिक/भौतिक अवस्था सुधार गर्दै बिद्यार्थी संख्यामा समेत उल्लेख्य बृद्धि गर्ने कार्यक्रममा सफल भए।
शिक्षण पेशामा लाग्न आफ्ना आमा,बुवा परिवार,ईष्टमित्र,साथिभाईको समेत ठूलो हात रहेको उनी बताउछन्।‘मलाई यो स्थानसम्म ल्याउन आमावुवाको ठूलो हात छ’,उनले भने‘ मार्ग दर्शन गर्ने दाजु,सहयोगी भाइहरु र कुरा बुझ्ने श्रीमती तथा घरपरिवारले पनि यो स्थानमा आउन मद्दत पुग्यो।’उनले जीवनलाई सुख,दुःखको मैदानका रुपमा लिन्छन् ।‘जीवन बास्तबमै सुख,दुःखको मैदान हो,अनुभवको संगालो हो।राम्रो कामको राम्रै प्रतिफल र नराम्रो कामको नराम्रो प्रतिफल पाइने कुरा मैले अनुभव गरे’,उनले भने‘त्यसकारण सधैभरी राम्रो काम सत्कर्ममा लाग्न सबैलाइ अनुरोध गर्दछु ।
उनले बाँकी जीवन शैक्षिक क्षेत्रमै बिताउने योजना बनाएका छन् । शैक्षिक क्षेत्रलाई नै सुधार गर्ने उनको लक्ष्य छ।शिक्षा क्षेत्रको माध्यमवाट समाजमा सकारात्मक परीवर्तन ल्याउने,आफुले काम गर्ने शैक्षिक सँस्थामा संस्कार सहितको प्रविधिमैत्रि शिक्षा प्रदान गर्नका लागि सकारात्मक पहल गर्ने उनको भावी योजना छ।
शिक्षा क्षेत्रमा धेरै विकृतिहरु रहको समेत बताए। दूरदृष्टीको अभाब,नीतिगत अस्पष्टता,ब्यबहारिक तथा प्रयोगात्मक शिक्षाको अभाब,बिद्यार्थीमा पढाइप्रतिको बितृष्णा,चरम राजनीतिक हस्तक्षप,अबसर र सुबिधाको समान बितरण हुन नसक्नु, फितलो प्रशासनीक अबस्था,स्तरीय परीक्षा प्रणाली र नतिजा विश्लेषण को अभाब,निजि बिद्यालयप्रति सरकारको स्पष्ट दृष्टिकोण हुन नसक्नुले शिक्षा क्षेत्रको विकास हुन नसकेको बताए।
उनले यस्ता समस्या समाधानका लागि ब्यबहारिक र प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने बताए।नितिगत स्पस्ट्ता,स्थानीय तह तथा शिक्षा सम्बन्धि सरोकार वालाहरुले आ आफ्नो स्थानबाट सामुदायिक शिक्षाको बिकासमा हातेमालो गर्नु पर्ने उनी बताउछ्न।
शैक्षिक गुणस्तर वृद्धि र बालबालिकाको आनीबानी सुधार्न र अभिभावकको मन जित्न सबै शिक्षकको सहयोगले सफल भएको पोख्रेलको भनाई छ।
जिल्लाको सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउने प्रअ पोख्रेललाई सम्मानसहित बिदाइ गरिएको छ।
उमेर हदका कारण पोख्रेल शिक्षण सेवाबाट सेवानिव्रृत हुनुभएका हुन।पोख्रेलले २ दशक भन्दा बढि विद्यालयको नेतृत्व गरी भौतिक र शैक्षिक क्षेत्रमा परिवर्तन गरे।
बिध्यालयका सहायक प्र अ भोजबिक्रम खड्काले पोख्रेल सर को विदाईले अभिभावक अभाव खडकिएको महसुुस भएको बताए।‘पोख्रेल सर बिध्यालयमा हुँदा हामीलाई थप काम गर्ने हौसला प्रदान गरेको थियो,‘उनले भने,विद्यालयलाई राम्रो बनाउनुभयो।कठ्याङृइने चिसोमा पढाउँदाको सास्ती हटाउनुभयो।पढाईमा विद्यालय नमुना बन्यो।‘अहिले विदाई गरिरहेका छौँ,हामी निकै भावुक भएका छौँ।’तपाईँको योगदान कहिल्यै भुल्ने छैनौ।’
खड्काका अनुसार विद्यालय बालमैत्री,कक्षाकोठा व्यवस्थापन,बसाई व्यवस्थापन,सरसफाइको क्षेत्रमा नमुना छ। बालबालिकाको शैक्षिक उपलब्धि राम्रो छ।
बिध्यालयका अनुसार बि स २०३४ सालमा स्थापना गरिएको उक्त बिध्यालयमा ४ सय ७० जना बिध्यार्थी रहेका छन भने प्रा बि दरबन्दी ७,माबी दरबन्दी १ निमाबी राहत २,संघीय मा बि अनुदान,नपा माबी अनुदान २,नपा निमाबी अनुदान ३ र कार्यालय सहायक १ कार्यरत छ्न।
जिल्लामा उत्कृष्ट विद्यालयको रूपमा रहेको प्युठान नगरपालिका स्रोत ब्यक्ति बिष्णु पोख्रेलले बताए।
बिदाई गर्दा समाजसेवी सेरसिह बिष्टले पनि आशु रोक्न सकेनन आसु झार्दै बिष्टले जानकी मा बि का प्र.अ पोख्रेलले सबै शिक्षकलाई एकजुट गरेर उर्जावान ढङगबाट अघि बढाएको बताए। बिध्यालयको समग्र बिकासका निमित्त उहाँले गरेको योगदान अतुलनीय छ ब्याख्या गर्न सकिदैन,यहाँको माटोले कहिले भुल्ने छैन उनले भने,‘अझै पनि बिध्यालय र पोख्रेल सर विच थप सदभाव हुनेछ।’
विदाई कार्यक्रममा प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगि,सस्थापक नगर प्रमुख अर्जुनकुमार कक्षपती,नगर प्रबक्ता सुन श्रेष्ठ,प्युठान नगरपालिकाका वडा नम्बर २ का नि बर्तमान वडा अध्यक्ष मुक्ती प्रसाद पोख्रेल,प्युठान नगरपालिका शिक्षक महासघका अध्यक्ष गोपाल घिमेर,शिक्षक विभिन्न बिध्यालयका प्र.अ,पत्रकार अभिभावक लगायतको उपस्थिति रहेको थियो।
उपस्थित अतिथिले सेवा निवृतपछि राजनीतिक एव समाजिक जिवनका साथै नेतृत्वका लागि समेत शुभकामना दिएका थिए।
को हुन त सेवानृबित प्र अ बामदेव !
प्युठान नगरपालिका वडा नम्बर २ चितिखोलाका बामदेव पोख्रेल वि.सं. २०४२ सालदेखि शिक्षण पेशामा संलग्न भएका थिए। जानकि माध्यमिक विद्यालयमा २०६२ साल मंसिर देखी प्र अ को जिम्मेवारी समाहलेका थिए।
बुबा भक्तिराम पोख्रेल र आमा खिमा पोख्रेलको कोखबाट वि.सं. २०२० सालमा जन्मिएका पोख्रेल सानैदेखि समाजसेवामा असाध्यै रुचि राख्ने स्वभावका थिए।जुनसुकै पेसामा आवद्ध भए पनि समाजसेवामा समर्पित हुने उनको उद्देश्य थियो।शिक्षण पेसा पनि समाज सेवा नै भएकोले उनले यही पेसालाई अपनाएका हुन्।उनका लागि शिक्षण केवल रोजगारीका लागि गरिने पेसा मात्र होइन,समाजसेवा गर्ने माध्यम पनि हो।पेसा र व्यवसाय जे गरे पनि समाजलाई प्रत्यक्ष फाइदा हुने खालको पेसाको खोजीमा रहेका पोख्रेलको लागी यो पेसा उपयुक्त पनि बनेको बताउनुभयो। शिक्षण पेसाबाटै समाजका लागि योगदान पुर्याउने भावनासहित विद्यार्थीहरूको उज्वल भविष्यका लागि खटिएका पोख्रेलले आफ्नो पेसागत अनुभव र अनुभूति पैरवी अनलाइन सङ्ग सँग यसरी साटेका छन्ः
म सानैदेखि समाजसेवी स्वाभावको थिएँ।धेरै नबोल्ने तर बोलेपछि भने गम्भीर कुरा मात्र बोल्ने मेरो वानी थियो।म कहिल्यै झगडालु स्वाभावको भइनँ,साथीहरूसंग असाध्यै मिल्थें। प्रायः मान्छेहरू सानैदेखि मैले बोलेका कुराहरू खुब ध्यान दिएर सुन्थे।समाजमा कसैलाई दुःख पर्योभने म सहयोग गर्न पुगिहाल्थें।घरको आर्थिक अवस्था मध्यम थियो।बुवा यसै बिध्यालयो सस्थापक प्र अ हुनुहुन्थ्यो।
पढ्नको लागि मैले खासै संघर्ष गर्नुपरेन।एसएलसी सम्मको शिक्षा नजिकैको मुक्ती माबी रातामाटामा लिएको हुँ।उच्च शिक्षाको लागी म वनारस पुगे। त्यसपछि बि.ए दाङको महेन्द्र बहुमुखी क्याम्पस,बिएड स्वर्गद्वारी क्याम्पस र एम ए त्रिभुवन बिश्वबिद्धालय कृतिपुर बाट पास गरेपछी २०४२ मा रामेश्वर प्रा.बि नयाँ गाउँ आपचौर बाट मेरो शिक्षण पेशा आरम्भ भयो। केही बर्षपछी भबानिश्वरी प्रा बि जस्पुरमा अध्यापन गरे।
मैले श्री जानकी माध्यमिक विद्यालय चितिखोलामा शिक्षण गर्न थालेको वि.स. २०५६ सालदेखि हो।
मलाई सानैदेखि समाजसेवाको खुब रुची थियो। मैले क्याम्पस पढ्दा पनि केही न केही पेसा अपनाएर पढें।
बुवा सोही बिध्यालयको सस्थापक प्र.अ,५ भाई मध्य ३ भाई र १ बहिनी शिक्षक नै भएकाले शिक्षण पेसामा लाग्न प्रेरणा मेरो बुवा भबिराम पोख्रेलले दिनुभयो । मलाई पनि लाग्यो आजका बालबालिका भोलीका देश हाँक्ने खम्बा हुन् । उनीहरूलाई सहि दिशानिर्देश गर्नु मेरो सौभाग्य हो । शिक्षण पेसा समाज सेवा गर्नका लागी एउटा राम्रो ठाउँ भएकोले मैले यो पेशा रोजेको हुँ। पैसा मात्रै कमाउने र आफ्नो घरपरिवार पाल्नलाई अरु पनि थुप्रै पेशा थिए तर शिक्षण पेसा मैले समाज सेवागर्नकै लागि अपनाएको हुँ।म आफ्नो पेसाप्रति सदैब गर्व गर्थे ।
कतिपय शिक्षक साथीहरूले जागीरको रूपमा यो पेसालाई लिने गर्नुहुन्छ, त्यो मलाई चित्त बुझ्दैन। वास्तबमा शिक्षण पेशा अत्यन्तै मर्यादित पेसा हुनुपर्ने हो तर त्यसो हुनसकेको छैन । त्यसमा मलाई दुःख लाग्छ।विशेष गरी सरकारी निकाय र राजनीतिककर्मीले यो पेसालाई सम्मान नगरेको मैले पाएको छु।समाजले यो पेसालाई हेर्ने दृष्टिकोण पनि फरक छ। ति सामाजिक अवरोधहरूलाई देख्दा पेसा छोडौं जस्तो पनि लाग्थ्यो तर नैतिक जिम्मेवारीलाई मैले भुल्न नहुने कुरा र मेरो समाज सेवाको सौखले गर्दा पेसाप्रति मेरो सकारात्मक भावना पैदा हुन्थ्यो ।
कतिपय अवस्थामा शिक्षण पेशालाई मर्यादित बनाउनको लागि शिक्षक आफै पनि इमान्दारी,नैतिकवान र प्रष्ट विचारको हुनुपर्छ। बालबालिकाहरू सिक्नका लागि कक्षाकोठामा अत्यन्तै उत्साहित हुँदा मलाई एकदमै खुशी लाग्थ्यो।तर समयको माग र परिवर्तित ईच्छा अनुसारको वातावरणको अभावले शिक्षण सिकाइमा शिथिलता देखिन्छ,अनि दुःख लाग्छ।पराम्परागत शिक्षण पद्धतिबाट आफूले सिकेका कुरा आधुनिक विधिबाट बालबालिकाहरूलाई सिकाउनको लागि शिक्षकहरूलाई विभिन्न समयमा तालिमको व्यवस्था सरकारले गरेको भए शिक्षण सिकाइ अझ प्रभावकारी हुने थियो।
म मेरो पेसाप्रति सन्तुष्ट र खुशी छु।यो पेसाबाट अथाह सम्पत्ति आर्जन गर्न नसके पनि अथाह सम्मान पाउन सकिन्छ,समाजको सोच परिवर्तन भएमा।मेरो परिवारमा अहिले छोरा छोरी र हामी श्रीमान–श्रीमति छौं।अबको मेरो प्रमुख लक्ष्य भनेको समाजसेवा गर्ने नै हो।सेवानृबित भएपनी प्रत्यक्ष अप्रत्यक्ष तरिकाले हरेक क्षेत्र,समुदाय,विद्यालय र विद्यार्थीहरूलाई सँगसँगै लैजाने छु जसले गर्दा शिक्षण पेसा नमुनाको रूपमा समाजमा स्थापित हुनेछ।

म सानैदेखि समाजसेवी स्वाभावको थिएँ।धेरै नबोल्ने तर बोलेपछि भने गम्भीर कुरा मात्र बोल्ने मेरो वानी थियो।म कहिल्यै झगडालु स्वाभावको भइनँ,साथीहरूसंग असाध्यै मिल्थें। प्रायः मान्छेहरू सानैदेखि मैले बोलेका कुराहरू खुब ध्यान दिएर सुन्थे।समाजमा कसैलाई दुःख पर्योभने म सहयोग गर्न पुगिहाल्थें।घरको आर्थिक अवस्था मध्यम थियो।बुवा यसै बिध्यालयो सस्थापक प्र अ हुनुहुन्थ्यो।
प्रतिक्रिया राख्नुहोस्