सीता बि.क
प्युठान,प्युठान नगरपालिका ३ स्थित मुक्ति उच्च माध्यमिक विद्यालयमा अध्ययनरत अनाथ बालबालिकालाई पोशाक वितरण गरिएको छ।
प्युठान नगरपालिका को आयोजनामा“अनाथ बालबालिकाहरुका लागी आवासीय सहित शिक्षा” कार्यक्रम अन्तरगत बालबालिकालाई लागी मेयर कोष मार्फत पोसाक हस्तान्तरण गरेको हो।
माघको कठ्याङ्गिँरिदो जाडोमा न्यानो कपडा पाएपछि अनाथ बालबालिका खुशी भएका छन्।
नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले कपडा वितरण गर्दै बालबालिकाको शिक्षा र स्वास्थ्यमा नगरपालिकाले विशेष ध्यान दिएको जानकारी दिनुभयो।
उहाँका अनुसार अनाथ बालबालिकाहरुका लागी अभिभावकतब लिइसकेको र सोही क्रममा पोसाक दिने प्रतिबद्धता गरे अनुसार १ जोर बिध्यालय पोषाक र १ जोर न्यानो कपडा गरि २७ जना अनाथ बालबालिकालाई हस्तान्तरण गरिएको छ।उहाँले भन्नुभयो"- प्युठान नगरभित्र अब कसैले अनाथ भएँ भन्नुपर्दैन अनाथ हुनु दुःखको कुरा हो।तर,अब अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन।मेरोे रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन।मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन।"
विद्यालयमा आएर अनाथ बालबालिकालाई पोशाक सहयोग गरेकोमा बिध्यालयका प्र.अ दामोदर बिष्टले खुशी व्यक्त गर्नुभयो ।
प्युठान नगरपालिकाले विशेष योजना तय गरेर अनाथ र विपन्न बालबालिकाको सुन्दर भविष्य निर्माणको प्रयास थालेकोमा प्र अ बिष्टले धन्यवाद समेत व्यक्त गर्नुभयो।
नगरपालिकाले यसै शैक्षिकसत्र देखि नगरभित्र रहेका अभिभावकबिहीन तथा अतिविपन्न बालबालिकाको १ देखि १२ सम्म आवसिय सुबिधा सहित अभिभावकत्व ग्रहण गरेको छ।
अनाथ बालबालिकालाई खान,बस्न,पोशाक,किताब, औषधि उपचार,सबै प्रबन्ध मिलाएको नगरपालिकाले जनाएको छ।
बिद्यालयको होस्टेल ब्यबस्थापन समितिका अध्यक्ष बेद प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका नगर प्रमुख बिष्णु योगि,उपप्रमुख देबेन्द्र बर्मा,नगर प्रवक्ता सुमन श्रेष्ठ,बिद्यालयका प्रधानाध्यापक दामोदर बिष्ट,शिक्षक,विद्यार्थी लगाएतको उपस्थिति रहेको कार्यक्रमको संचालन शिक्षक कृष्ण घिमिरेले गर्नु भएको थियो।
प्रतिक्रिया राख्नुहोस्