बालविवाह न्यूनीकरणको अभ्यासमा ऐरावती गाउँपालिका: सुचना दिनेलाई २५ हजार पुरस्कार

सुचना दिनेलाई २५ हजार पुरस्कार

बालविवाह न्यूनीकरणको अभ्यासमा ऐरावती गाउँपालिका: सुचना दिनेलाई २५ हजार पुरस्कार

सीता बि.क
प्युठान,प्युठानको ऐरावती गाउँपालिकामा बाल बिवाह रोक्न सुचना दिनेलाई पुरस्कार दिइने भएको छ । 
गाउँपालिकाको १४ औं गाउँ शभाले बालविवाह न्यूनिकरणका लागी बालविवाह भएको वा हुने जानकारी दिनेलाई २५ हजार रुपैया नगद पुरस्कार दिने निर्णय गरेको हो।
सोमबार भएको गाउँ शभाबाट बालविवाह रोकथाम गर्न र त्यसको न्यूनिकरणका लागी बिशेष कार्यक्रम सहित अघि बढ्नेगरी कार्यक्रम तय गरिएको गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले जानकारी दिनुभयो।
गाउँपालिकामा बालविवाह गर्नेको संख्या अत्याधिक देखिएपछि त्यसको रोकथाममा लागी यस्तो अभ्यासको थालनी गर्दै छौँ,बालविवाह गर्नेको सुचना दिनेलाई पुरस्कारको ब्यवस्था गरिएको शाहले बताउनु भयो।
बालविवाह सामाजिक रोग हो,यस प्रकारको गैरकानूनी कार्यलाई रोक्न सवै सरोकारवालापक्षको सहयोग आवश्यक हुन्छ,अध्यक्ष श्रेष्ठले भन्नुभयो-"बाल बिबाह गर्ने,गराउने कार्य निषेध गरिएका खण्डमा बाल-बालिका दुवैको भविष्य उज्जवल हुने,बालअधिकार र मानव अधिकारको संरक्षण हुने, समाजमा शान्ति सुव्यवस्था कायम गर्न मद्दत पुग्ने र कानूनको शासनको पनि सम्मान हुने भएकोले बालविवाहको अन्त्य गरी बालबालिकाको सुनौलो भविष्य सुरक्षित हुन्छ।"