सीता बि.क
प्युठान,प्युठानमा हुन लागेको बाल साहित्य सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ ।
मंसिर ९,१०र ११ गते खलंगामा हुन गइरहेको महोत्सवको तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा देशभरका साहित्यकारहरूको सहभागिता हुने जानकारी दिइएको छ।
कार्यक्रममा साहित्य परिषद् प्यूठानकी कार्यबाहक अध्यक्ष बिमला खनालले बालबालिकामा निर्धारित पाठ्यपुस्तक बाहेक पठन संस्कार विकास गर्न
बालप्रतिभाहरुको प्रतिभावान क्षमतालाई प्रस्फुटित गराई साहित्य क्षेत्रको बिकास तथा मुलधारमा ल्याउने उद्धेश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
बिध्यार्थिको व्यावहारिक ज्ञानका लागि पाठ्यक्रम बाहिरका पुस्तक बढी आवश्यक भएको बताउनुभयो।बालबालिकालाई विद्यालयमै विविध विषयमा आधारभूत ज्ञान दिनु आवश्यक भए पनि हालसम्म बाल साहित्यसम्बन्धी सामग्री सहज उपलब्ध नहुनु दुःखद् रहेको खनालको भनाई छ।
बाल साहित्य समाजको मुख्य आयोजक तथा अगुवाईमा गरिन थालेको सो कार्यक्रममा ८ गते देशभरबाट साहत्यिक ब्यक्तित्वहरुको जमघट तथा अनुभव शेयरिङ हुनेछ भने ९ गते बिहान ७ बजे सदरमुकाम खलंगामा रिडाथन गरिने र दिनको ११ः०० बजे जनता माबि बाग्दुलामा उदघाटन समारोहको कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।कार्यक्रमको उद्घाटन संघीय साँसद सूर्य थापाले गर्नुहुनेछ।
बाल साहित्य समाजले गर्न थालेको २८ औं सम्मेलन हो ।
जिल्लामा क्रियाशील साहित्यिक संस्था तथा अन्य निकाय खासगरी साहित्य परिषद् प्यूठान,राप्ती साहित्य परिषद प्यूठान,जनता मावि बाग्दुलाका साथै प्यूठान नगरपालिका र मल्लरानी गाँउपालिका लगायतका सहित गरी १ दर्जन भन्दा बढी निकायको संयोजन रहेको सो कार्यक्रममा विद्यालयबाटै संस्कारयुक्त शिक्षाको अभ्यास गर्न जरुरी रहेको भन्दै साहित्य महोत्सवको माध्यमबाट बालबालिकामा पठन संस्कृतिको विकास गर्न सकिने उपस्थित सन्चारकर्मिहरुले जानकारी गराएका थिए।
जिल्लाका ९ वटै स्थानीय तहका ४ सय बिद्यार्थीलाई बिभिन्न बिधामा प्रशिक्षण दिनुका साथै उनीहरुको कथा,कविता,निबन्ध जस्ता सृजना प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।संगै बिभिन्न श्रष्टाहरुद्धारा लिखित पुस्तक बिमोचन,साहित्यिक बिचार बिमर्श,कार्यपत्र प्रस्तुती,कला प्रस्तुती,पुरस्कार बितरण लगायतका कार्यक्रम तय गरिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्