जनताको मन जित्दै वडा अध्यक्ष सुमन श्रेष्ठ,ब्यक्तिगत लगानीमा सडक मर्मत 

जनताको मन जित्दै वडा अध्यक्ष सुमन श्रेष्ठ,ब्यक्तिगत लगानीमा सडक मर्मत 

सीता बि.क
प्युठान,प्युठानका एकजना जनप्रतिनिधिले आफ्नो ब्याक्तिगत लगानीमा बाटो मर्मत गरेका छन।
प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले प्युठान नगरपालिका-४ नंवर वडा भित्रका ग्रामिण सडक मर्मत संभारका लागि सहयोग गरेका हुन।
जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा माओबादी केन्द्र ४ नंवर वडा कमिटीको आग्रह र स्थानीयवासीको आवश्यकता र आग्रहमा ब्यक्तिगत लगानीमै आफुले सडक मर्मत गरेको वडा अध्यक्ष श्रेष्ठले बताए।
नगर प्रबक्ता समेत रहेका श्रेष्ठले बाटो मर्मत तथा संभारमा खर्च भएको २५ हजार रुपैयाँ जेसिबिका संचालक बिरेन्द्र कुमार श्रेष्ठ(हिमाल)लाइ एक कार्यक्रम बीच चेक हस्तान्तरण गरेका हुन।
श्रेष्ठले आफ्नो व्यक्तिगत लगानीमा विकास निर्माणका काम गर्नुका साथै मानवीय सहयोगका क्षेत्रमा पनि धेरै सहयोग गरेका स्थानीयले बताएका छन्।आफूले पाउने पारिश्रमिकबाट नगरपालिका भित्रका गरीब,असक्त,असहाय,बालबालिका र वृद्धवृद्धाका लागि आवश्यक सहयोग गरेर श्रेष्ठले सबैको मन जित्न सफल भएका छन् ।