राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले सडक दुर्घटनालाई लक्षित गरी जिल्लामा गुड्ने सवारीसाधनको मेकानिकल चेकजाँचलाई तिव्रता दिएको छ ।
सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासनको पालना गराउने र सवारीसाधनको अवस्था बुझ्ने उद्देश्यले आयोजना गरिएको सडक केन्द्रित मेकानिकल चेकजाँच कार्यक्रम आज प्युठान नगरपालिका वडा नम्बर ८ पाढापाङ्गमा सम्पन्न गरिएको हो।
नियमको पूर्णपालना गराउँदै बेला–बेलामा हुने सवारी दुर्घटना न्यूनीकरण गराइ आम नागरिकको जिउज्यानको संरक्षणमा ट्राफिक प्रहरीले गरेको योगदान राम्रो रहेको नागरिक समाजले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले सडकमै चालक,सहचालक र यात्रुहरुलाई सचेतना सँगै सवारीसाधनको अवस्था वारे सडकमै चेकजाँच गर्ने कार्य थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानका प्र.ना.नी चन्द्र के सी ले जानकारी दिए ।
ट्राफिक प्रहरीले सवारी जाँचको क्रममा सवारी साधनले सिट क्षमताभन्दा बढी सवारी राख्ने, ओभर लोड बोक्ने, तिव्र गतीमा सवारी चलाउने प्रति लक्षित गरि सचेतना कार्यक्रम सन्चालन गरिएको के सि को भनाई छ।
जिल्ला ट्राफिक कार्यालय प्युठान र यातायात ब्यवसायीको सहकार्यमा जिल्लाबाट भित्रने र बाहिने तथा जिल्लाका मुख्य बजार देखि ग्रामीण भेगका सडकमा चल्ने यातायातका साधनहरुलाई मेकानिकल चेकजाँच शुरु गरिएको बताईएको छ।
प्रतिक्रिया राख्नुहोस्