राम बहादुर बिश्वकर्मा
प्युठान,नेकपा एमाले निकट पत्रकारहरुकाे संगठन प्रेस चौतारी नेपालको पहिलो स्थानीय तह अन्तर्गत समितिका रुपमा स्वर्गद्वारी नगर समिति गठन भएको छ ।
शनिबार भिङ्रीमा प्रेस चौतारी प्युठान द्वारा आयोजित एक कार्यक्रम सहित नगर समितिको अध्यक्षमा सरद बिष्टको नेतृत्वमा ११ सदस्यीय कमिटी सर्बसम्मत चयन गरिएको हो।
कमिटीको उपाध्यक्षमा पुजा खड्का,सचिबमा युवराज रेग्मी,सहसचिवमा हेमा खड्का र कोषाध्यक्षमा निसा खनाल रहेका छन।
त्यस्तै सदस्यहरुमा सरद पार्धे,दिपक पुन,कमला भुसाल,ओम प्रकाश के.सी,सदस्य गायत्री पोख्रेल रहेका छन। भने सल्लाहकारमा घनश्याम आचार्य चयन भएका छन।
नव निर्वाचित कमिटिका अध्यक्ष सरद बिष्टले नगर मात्र होइन सिङ्गो जिल्लाका पत्रकारहरुको पेशागत हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेकपा एमाले जिल्ला कमिटी प्युठानका अध्यक्ष बिजयबिराज बिष्टले पत्रकारितासँगै पार्टी प्रचारको जिम्मेवारी पनि प्रेस चाैतारीसँग रहेकाे बताए।
उनले तथ्य र सत्यमा आधारित रहेर मात्र समाचार लेख्न पत्रकारलाई आग्रह गरे । उनले नागरिक हक अधिकार,विकास र समृद्धिका पक्षसमेत कलम चलाउन आग्रह गर्दै नेकपा एमालेले थालनी गरेको मिसन ग्रास रुट अभियानमा समाचार सम्प्रेषण गर्नु अहिलेको आबश्यकता रहेको बताए।
प्रेस चौतारीले पहिलो पटक स्थानीय तहमा कमिटी गठन गरेकाे हो। प्युठान शाखाले पालिका स्तरीय शाखा गठन गर्ने अभियान थालेको छ ।यतिबेला प्रेस चौतारी नेपाले संघीय संरचना अनुसार जिल्लामै पहिलो चौतारीको स्थानीय तह सम्म संगठन निर्माण गरि इतिहास रचेको छ,प्युठान शाखाका अध्यक्ष बासुदेब गिरीले भने।
कार्यक्रममा शाखाका उपाध्यक्ष शिबा रेग्मी,सदस्य सीता न्यौपाने,नेकपा एमाले स्वर्गद्वारी नगर कमिटी अध्यक्ष राम प्रसाद श्रेष्ठ लगाएको उपस्तिथि रहेको कार्यक्रमको कार्यक्रमको संचालन पत्रकार युवराज रेग्मीले गरेका थिए।
प्रतिक्रिया राख्नुहोस्