सीता बि.क
प्युठान,प्रेस चौतारी को ग्रासरुट कार्यक्रम अन्तर्गत प्रेस चौतारी प्युठानको भेला सम्पन्न भएको छ।
प्रेस चौतारीको केन्द्रिय निर्देशन अनुसार भेलाले ग्रासरुट कार्यक्रम लाई प्रभावकारि बनाउन प्रचार प्रसारलाइ तिव्रता दिने निर्णय गरेको छ । पालीका स्तरीय प्रेस चौतारीलाई अझ सक्रिय तरीकाले लैजानका लागि प्युठान जिल्ला भरी प्रेस चौतारीले ग्रासरुट कार्यक्रम संचालन गर्ने भएको छ।
प्रेस चौतारि नेपाल प्युठानका अध्यक्ष बासुदेव गिरीको अध्यक्षता एंव नेकपा एमाले जिल्ला कमिटी प्युठानका अध्यक्ष बिजयबिराज बिष्टको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि बिष्टले देशभर संचालन भएको ग्रासरुट कार्यक्रमलाइ प्रभावकारि बनाउन प्रेस चौतारिको महत्त्वपूर्ण भुमिका रहने भएकोले पार्टी अझै बलियो भएर लैजान सहकार्य गरिदिन आग्रह गर्नुभयो।सो अवसरमा प्रमुख अतिथि बिष्टले प्रेस चौतारि बिना नेकपा एमाले अधुरो रहेको भन्दै प्रेस चौतारिका साथिहरु पार्टीको हितका लागि कलम चलाइदिन आग्रह गर्नुभयो।बिष्टले भन्नुभयो –यो अभियानमा सबै लाग्नुस हामी सफल हुनेछौं। जनतामुखि कामलाई प्राथमिक्ता दिई जनता समक्ष पुर्याइदिनुस।"
अभियान अवधिमा नचलेका समितिहरुलाई चलायमान बनाउने,गठन नभएका कमिटीहरु गठन गर्ने,२३ वटै जनवर्गीय संगठनका वडा कमिटीहरु गठन गर्नेलगायतका कार्यक्रमहरु पार्टीले तय गरेको बिष्टले जानकारी समेत दिनुभयो।
कार्यक्रममा बिशिस्ट अतिथी प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गिरु प्रसाद भण्डारीले नेकपा एमालेले जनताको पक्षमा सबै ठाउँबाट काम गरेकै कारण जनताले अपार माया देखाइरहेको चर्चा गर्दै पार्टिले गरेको सम्पुर्ण गतिविधिलाई जनता माझ पुर्याउन अपरिहार्य रहेको बताउनुभयो।
यस्तै कार्यक्रममा पार्टीका जिल्ला प्रचार तथा प्रसार विभाग प्रमुख दिपा पौडेलले नेकपा एमालेले जनता माझ गरेको गतिविधिमा अध्ययनशिल भएर अनुसन्धानमुलक समाचार सम्प्रेषणमा प्रेस चौतारीका सदस्यहरु पछि पर्न नहुने भन्दै पौडेलले भन्नुभयो-"नेकपा एमाले पार्टी केन्द्रले अगाडी सारेको अभियान जनताको सबै खाले समस्या बुझ्न र पार्टीलाई सबै ठाउँमा पुर्याउनका लागी सहयोग मिलेको छ।"
यसैगरी प्रेस चौतारीका पुर्ब अध्यक्ष बिजय सिंह भारतीले नेकपा एमालेले सन्चालन गरेको मिसन ग्रासरुट अभियान सफल बनाउनका लागि सबैले सक्रियता देखाउनुपर्ने बताउँदै आफ्नो व्यक्तिगत कामहरुलाई व्यवस्थापन गरेर अभियानमा जोडिएमा मिशन ग्रासरुट अभियान सफल हुने विश्वास व्यक्त गर्दै प्रेस चौतारीका साथीहरूलाई सोही अनुसार कलम चलाउनु पर्ने बताउनुभयो।
प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष नोमराज पौडेलले नेकपा एमाले जनमतका हिसाबले अहिले पनि प्युठान मात्र नभई मुलुककै ठूलो पार्टी भएको र यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
जनता माझ थप लोकप्रिय हुनका लागि जनताको घरघरमा,गाउँगाउँमा मिसन ग्रासरुट अभियान पुर्याउनुपर्छ’,पौडेलले थप्नुभयो,‘यसको लागि टोल देखि केन्द्रीय तहसम्म पार्टीको जिम्मेवारी वहन गर्नु भएका नेताहरु सक्रियताका साथ खटिनुपर्छ।’
भेलाले मिसन ग्रासरुट अन्तरगत जिल्ला भित्र हुने कार्यक्रमका बिषयमा पार्टी संग समन्वयात्मक तरिकाले अगाडि बढ्ने,प्रेस चाैतारी प्युठानकाे सदस्यता बिस्तारका लागि पहल गर्ने,पालिका स्तरमा प्रेस चौतारी गठन गर्ने र आधारभुत पत्रकारिता तालिम सन्चालन गर्ने लगायतका निर्णय गरेको छ।
प्रेस चाैतारी नेपाल प्युठानका पदाधिकारी,केन्द्रिय सदस्य,प्रदेश पदाधिकारी जिल्ला साधारण सदस्य उपस्थित भेलाकाे सञ्चालन प्रेस चाैतारी नेपाल प्युठानका सचिव राम बहादुर बिश्वकर्माले गर्नुभएको थियाे।


प्रतिक्रिया राख्नुहोस्