११३औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा झिमरुकले लोक गीत प्रतियोगिता आयोजना गर्ने 

११३औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा झिमरुकले लोक गीत प्रतियोगिता आयोजना गर्ने 

दीपेन्द्र सुनार 

प्युठान,प्युठानको झिमरुक गाउँपालिकाले ११३औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पालिका स्तरीय लोक गीत प्रतियोगीता आयोजना गर्ने भएको छ।
"लैङ्गिक समनताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार " भन्ने मुल नाराका साथ यहीँ मिति २०७९/११/२४ गते ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पालिका स्तरीय लोक गीत तथा नृत्य प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोख्रेलले बताउनुभएको छ।

उहाँका अनुसार लैङ्गिक समानता र लैङ्गिक दिशा न्यूनीकरणमा सहयोग पुग्ने उदेश्यका साथ ११३औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा पालिकाले आयोजना गरेको लोक गीत तथा नृत्य प्रतियोगिताको आयोजना गरिएकाले झिमरुक गाउँपालिका क्षेत्र भित्र रहेका महिला समुह,आमा समुहहरुलाई समुहगत रुपमा प्रतियोगितामा सहभागी हुन पोख्रेलले अनुरोध गर्नुभएको छ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु १४००० र प्रमाणपत्र,दोर्स्रो हुनेले नगद रु १२००० र प्रमाणपत्र , तेर्स्रो हुनेले नगद रु १००००र प्रमाणपत्र सान्त्वना हुनेले नगद रु ८००० र प्रमाणपत्र पाउनुका साथै सहभागी समुहहरुलाई नियम अनुसार यातायात खर्च र प्रमाणपत्र समेत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।