राम बहादुर बिश्वकर्मा
प्युठान,दार्ही ग्याङ्ग प्युठानले विभिन्न कार्यक्रमहरू गर्दै समाज सेवाका क्षेत्रमा आफ्नो गतिविधिहरु सक्रियताका साथ अगाडी बढाएको छ।
बुधवार प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना भरतेडाडा निवासी असक्त शान्ती सुनार लाई १२ हजार १० रुपैया हस्तान्तरण गर्दै आफ्नो सक्रियता बढाएको हो।निरन्तर सहयोग सद्भाव राख्ने उक्तसामाजिक सस्था प्रती सबैले प्रशंसा गरेका छन्।
सिर्जनात्मक काममा दार्ही ग्याङ्ग अगाडि भएको हुँदा कसैले नदेखिने क्षेत्रमा दार्ही ग्याङ्गको काम,कर्तव्य र सद्भाव फैलाउँदै जाने सस्थाका जिल्ला संयोजक जीवन खनालले बताएका छ्न। खनालले भने,“ राजनीतिक दलले जनताको सेवा र पिर मर्का कहिले नबुझ्ने भएकाले दल प्रती जनताको बितृष्णा बढ्दै गएकाले स्वतन्त्र रुपमा सामाजिक सेवा गर्ने सोच लिएर बिगत देखि हाम्रो अभियान निरन्तर छ।,हामीले स्वस्फुर्त रुपमा समुदायमा युवाले गर्नुपर्ने जिम्मेवारीको मात्रै बहन गरेका छौँ ।”
वि.स २०७९ मंसिर २ गते प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना स्थित भरतेडाडा निवासी शान्ता सुनार रुख बाट खसेर मेरुदण्ड भाचिएर बिस्तारामा लडिरहेको र पारिबारिक अबस्था अत्यन्तै दयनीय भएपछि श्रीमानले समेत केही महिना आत्महत्या गरेको सुचना पाएपछि दार्ही ग्याङ्गले रकम संकलन गरेर हस्तान्तरणका लागी घरमै पुगेको हो।
सुनारको परिवारमा २ छोरा बुढी सासू आमा रहेका छन।
दार्ही ग्याङ्ग प्युठानले विपन्न बालिबालिकाको शिक्षा,अशक्त असाय ब्यक्ती लगायत सामाजिक सेवाका क्षेत्रमा कार्य गर्दै आएको छ।
प्रतिक्रिया राख्नुहोस्