स्वर्गद्वारी प्युठान महोत्सव : विभिन्न रोग नियन्त्रण र उपचार गराउनेको माछा मसाज केन्द्रमा आकर्षण

स्वर्गद्वारी प्युठान महोत्सव : विभिन्न रोग नियन्त्रण र उपचार  गराउनेको माछा मसाज केन्द्रमा आकर्षण

राम बहादुर बिश्वकर्मा
प्युठान ,स्वर्गद्वारी प्युठान पाँचौ महोत्सवमा माछाबाट मसाज गर्ने प्रविधि सहितको मसाज सेन्टर राखिएको छ ।

महोत्सव स्थल गणतान्त्रिक खेल मैदान बिजुवारमा कृषि पर्यटन / फर्म स्टे जि सि कृषि प्रसोधन फर्म नामक स्टल अन्तर्गत“स्माईली फिस मसाज” भन्ने माछाबाट मसाज गराउने मसाज सेन्टर खुलेको हो । शनिबार देखि सञ्चालमा आएको सो मसाज सेन्टरमा आज पहिलो दिनमै मसाज गराउनेको भिड देखिएको थियो।
 
माछाबाट मसाज गराउने प्रविधि सहितको मसाज सेन्टर प्युठान मै पहिलो रहेको फर्मका सञ्चालक दिन बहादुर जि सि ले दाबी गरेका छन । उनले भने काठमाडौ लगायतका ठाउँमा महँगो भएपनि यहाँको बजार र आमनागरिकको अनुकुलु हुने गरी प्रति १५ मिनेटको दुई सय रुपैया शुल्क राखिएको छ ।ती मसाज सेन्टरमा मसाजका लागि तुर्कीबाट प्रशिक्षित माछाहरु राखिएको छ । शरीरमा कुनै क्षति नपुराउने गरी ती माछाले हात खुट्टामा रहेका फोहर र ब्याइक्टेरिया लगायतका सफा गर्नेछ ।
हात र खुट्टाको मात्र मसाज गर्ने भएपनि ब्लडप्रेसर (उच्च रक्तचाप), हात खुट्टाको फोहर र वैक्टेरिया सफा गर्दा विभिन्न रोगबाट मुक्ति र थकान दुर ती मसाजको प्रमुख फाइदा रहेको मसाज सेन्टरका सञ्चालक जि सि ले बताए माछा मसाजले शारिरीक फाइदा मात्र नभई मानसिक फाइदा समेत हुने गरेको जि सि ले भने । मसाजभन्दा पनि मनारोञ्जनको दृष्टिकोणले पनि राम्रो रहेको छ ।