जन्मदिनमा वडा अध्यक्ष "सुमन"को सामाजिक काम: बिध्यालयमा अक्षकोष स्थापना 

जन्मदिनमा वडा अध्यक्ष "सुमन"को सामाजिक काम: बिध्यालयमा अक्षकोष स्थापना 

राम बहादुर बिश्वकर्मा
प्युठान,जन्मदिनकाे अवसरमा प्युठान नगरपालिकाका नगर प्रबक्ता सुमन श्रेष्ठले उदाहरणीय काम गर्दै आएका छन् ।
यस भन्दा अघिल्लो वर्षहरुमा बिपन्न परिबारलाई सहयोग गर्दै आएका श्रेष्ठले यसपालिकाे जन्मदिनमा आफ्नै वडा भित्र रहेको एक बिध्यालयमा अक्षकोष स्थापना गरेका छन् ।
उक्त अबसरमा प्युठान नगरपालिका वडा नम्बर ३ मा रहेको शारदा आधारभुत बिधालय सापडाडाका तत्कालीन  बिध्यालय ब्यबस्थापन समितीका अध्यक्ष बिनोद खड्काको नाममा १० हजार रकम बराबरको अक्षकोष स्थापना गरेका छन् ।
जन्मदिनमा भोजभतेरमा गरिने खर्चले कुनै अर्थ नराख्ने भएकाले उक्त रकमलाई प्रबक्ता श्रेष्ठले सामाजिक र परोपकारी काममा प्रयोग गर्दै आएका हुन।
जन्मदिनमा धेरैले फजुल खर्च गर्ने गरेको भन्दै उनले आफुले त्यस्तो नगरेको बताए । जन्मदिनमा हुने फजुल खर्चलाई आफुले सामाजिक काममा लगाएको उनको भनाई थियो । 
उनले आउँदा दिनमा पनि यस्तै समाज, देश र दुनियाँका निम्ति केही सकारात्मक कार्य गर्ने समेत प्रतिबद्धता जनाए ।
जन्म दिन मनाउने उदेश्यले उनलेे प्रत्येक वर्ष सार्वजनिक क्षेत्र,बिपन्न परिबार ,गरिबी विद्यार्थीलाई  केही आर्थिक सहयोग गर्ने गरेका छन् । प्युठान नगरपालिका वडा नं ३ का वडा अध्यक्ष,अखिल(क्रान्तिकारी) केन्द्रिय सचिब,माओवादी केन्द्र नगर सचिब सबैका प्रिय युवा,समाज सेवि समेत हुन ।
उनलेे वडा अध्यक्षकाे तलवको केही रकम विभिन्न समाजिक क्षेत्रमै खर्चने गरेका छन् ।यस भन्दा पहिले पनि उनलेे कयौं रकम खर्चेर सामाजिक क्षेत्रमा काम गरि उदाहरणीय कार्य गर्दै आएका छन् ।जनप्रतिनिधिकाे तलव र आफ्नाे अन्य व्यक्तिगत लगानीमा उनलेे वर्षेनि जन्मदिनकाे अवसरमा समाजमा अब्बल काम गर्दै आएका छन् ।