प्युठानका ३८ हजार बालबालिकालाई फाइजर–बायोएनटेकको खोप लगाइँदै

प्युठानका ३८ हजार बालबालिकालाई फाइजर–बायोएनटेकको खोप लगाइँदै

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान  जिल्लाका ३८ हजार ४ सय ९४ जना बालबालिकालाई कोभिड–१९ विरुद्ध फाइजर खोप लगाइने भएको छ । प्युठानमा फाइजर खोप भाद्र ५ गते आइतबारदेखि ११ गतेसम्म लगाइने भएको छ ।
कोभिड–१९ विरुद्ध सञ्चालित खोप अभियानको प्रगति समीक्षा तथा  फाइजर-बायोएनटेक प्रयोग गरी सञ्चालन हुने कोभिड-१९ खोप अभियानबारे पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्युठानका कोल्ड चेन प्रमुख कोशलराज बैध्य ५ वर्ष पूरा भई ११ वर्षसम्मका बालबालिकालाई सुन्तला रंगको फाइजर खोप लगाइने जानकारी दिए।
प्युठानका ९ पालिकामै ७ दिनसम्म खोप अभियान सञ्चालन हुने बताइएको छ। खोप अभियानमा प्युठानका विद्यालयहरु लक्षीत तोकिएका ३ सय ७८ वटा केन्द्रहरुमा ५ सय ९ स्वास्थ्य कर्मी र१ हजार १८ जना स्वयंसेवक खटिने उनले जानकारी दिए। कोभिड–१९ विरुद्ध खोपको घोलक ०.९ प्रतिशत सोडियम क्लोराइड हुन्छ भने लगाउने मात्रा ०.२ एम एल हो । यसबाट गम्भीर प्रकृतिका बिरामीलाई  विभिन्न समस्या देखिने हुन्छ । फाइजर खोप ९१ प्रतिशत प्रभावकारी हुने बताइएको छ ।
पहिलो लगाएको २१ दिनपछि दोस्रो मात्राको खोप लगाउन मिल्छ ।पहिलो चरणको यस खोप अभियान सञ्चालनपछि दोस्रो चरण भाद्र २७ देखि आश्बिन १ गते सम्म लगाइने भएको छ ।
अनुसन्धान अनुसार खोप सुरक्षित रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउनका लागि पायक पर्ने केन्द्रमा गई खोप लगाउन स्वास्थ्य कार्यालय प्युठानका प्रमुख मधुसूदन खड्काले आग्रह गरे ।