एच वन ब्राण्डका इलोक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु नेपाली बजारमा लिइदै

एच वन ब्राण्डका इलोक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु नेपाली बजारमा लिइदै

राम बहादुर बिश्वकर्मा

प्युठान,इनर्जी टृई प्रा.लि ले कोरियन ब्राण्ड कुकोको सामाग्री नेपाली बजारमा ल्याउने भएको छ।

मङ्गलबार प्युठानको जुम्रीमा पत्रकार सम्मेलन गरी कम्पनीले एचवन ब्राण्डका इलोक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु नेपाली बजारमा ल्याउने जानकारी गराएको हो।उक्त कार्यक्रममा एच वन ब्रान्डका विभिन्न उत्पादनहरु प्रदर्शन गरिएको थियो ।जसमा घरेलू उपकरणहरु अन्तर्गत कुकर, इन्डक्सन चुलो,राइस कुकर, वाटर प्युरिफाई,यर प्युरिफाई लगायतका उपकरण राखिएको थियो । कोरियन ब्राण्ड भएकाले शुल्क केहि महंगो भएपनि गुणस्तरीय र टिकाउ हुने एचवन नेपालका अध्यक्ष जनक भुसालले बताउनुभयो । उहाँले जिल्ला जिल्लामा डिलरको लागि समेत आह्वान गरिएको जानकारी गराउनुभयो। एच वन ब्रान्डका उपकरणहरुले भान्सामा र घरमा सहजता र चुस्तता प्रदान गर्ने कम्पनीले विश्वास लिनुका साथै यस उत्पादनहरुले प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरि बजारको मागलाई सम्बोधन गर्न मद्दत पुग्ने कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीका जनरल म्यानेजर कमल प्रसाद खनालले भन्नुभयो, होम एप्लाईन्सेस र किचन एप्लाईन्सेसका नवीनतम प्रविधि र उत्कृष्ट गुणस्तरका उत्पादनहरु बजारमा उपलब्ध छन् जुन निकै सुविधाजनक,भरपर्दो र तुलनात्मक रुपमा प्रतिस्पर्धी मुल्यमा उपलब्ध छन्। हामीले एच वन ब्रान्डका उत्कृष्ट उत्पादनहरु मार्फत ग्राहकहरुको सन्तुष्टिलाई मध्यनजर गर्दै प्रत्यक घरलाई सुखि घर बनाउने लक्ष्य राखेका छौं र हाम्रा ग्राहकहरुको मन जित्ने छौं।’

एच वन नेपालले जुम्री सहित देशका ३० स्थानमा थर्मल थेरापी सञ्चालन गरिरहेको छ । त्यसैगरि दैलोमा डटकमबाट अनलाईन व्यापार समेत गर्ने गरेको कम्पनीले जनाएको छ।थर्मल थेरापीबाट दैनिक ८ हजार जना भन्दा बढिले सेवा लिने गरेको बताउँदै कम्पनीले उक्त सेवा प्रभावकारी देखिएको समेत जनाएको छ। प्यूठानमा हालसम्म करिव ५ सय जनाले सेवा लिएको अध्यक्ष भुसालले बताउनुभयो ।